काठमाण्डौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालीका १ भोटेचौर स्थीत सरस्वती माध्यामीक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण मुराहारी चौलागाँईले गत माघ २० गते आफु पक्राउ नपरेको दावी गरेका छन् ।
उनले प्रेस काउन्सील मार्फत हामीलाई पठाइएको खण्डनमा चौलागाईले आफु कार्यरत सहकारीमा दुई जना प्रहरी पुगेर आफुलाई छलफलको लागि बौद्ध प्रहरीमा लगीएको र साँझ आफु घर र्फकिएको बताएका छन् ।
महानगरीय प्रहरी बृत्त बौद्धले व्यवस्थापन समितिका अध्यक्ष चौलागाँई लामो समय देखि लुकीछिपी बसेको र फेला पारेमा नियन्त्रणमा लिएर बुझाउन जोरपाटी प्रहरीलाई पत्र लेखेको थियो ।
सो पत्र यस्तो छ ।
अध्यक्ष चौलागाँईलाई
खोजीका लागि बौद्ध प्रहरी बृत्तले जोरपाटीलाई लेखेको पत्र

महानगरीय प्रहरी बृत्त बौद्धमा भोटेचौरका स्थानीयबासी तथा पत्रकार सिके चौलागाईले कृष्ण मुराहारीलाई विद्यालयको हिसाबकिताब नबुझाएको र रकम हिनामिना गराएको आरोप सहित पक्राउका लागि प्रहरीमा उजुरी दिएका थिए । साथै शिवपुरी आधारभुत विद्यालयमा शिक्षिका सरस्वती चौलागाँईलाई विद्यालयमा हाजिर नगराउन कृष्ण मुराहारीले चलखेल गराएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा र्दुव्यवहारको आरोपमा उजुरी समेत परेको छ ।
कृष्ण मुराहारी चौलागाँईको खण्डन यस्तो छ ।