Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ? चुरेका पहिरोपीडितको जङ्गलमा बास मेलम्ची खानेपानी आयोजनाका आठ सम्पर्कविहीन नदी कटान रोक्न योजना तर्जुमा

विश्व हिन्दु महासंघको भारत अध्यक्षमा मोदी

बिहीवार, २२ माघ २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, विश्व हिन्दु महासंघको भारत देशीय राष्ट्रिय अध्यक्षमा प्रह्लाद दास दामोदर राव मोदी चयन हुनु भएको छ । भारतीय न्यूजहरूका अनुसार योगी आदित्यनाथले सम्हाल्दै आउनु भएको अध्यक्ष पद अब प्रह्लाद दास दामोदर राव मोदीले अन्तरिम अध्यक्षको रुपमा सम्हाल्नु हुनेछ । योगी आदित्यनाथ विश्वहिन्दु महासंघको अन्तर्राष्ट्रिय उपाध्यक्षसमेत रहनु भएको र उहाँ अहिले उत्तरप्रदेशको मुख्यमन्त्री समेत रहनु भएकोले भारतमा महासंघको राष्ट्रिय समितिको जिम्मेवारी प्रह्लाद दास दामोदर राव मोदीलाई दिइएको समाचार स्रोतहरूले जनाएका छन् ।  
भारतमा प्रधानमन्त्री जनकल्याणकारी योजना प्रचारप्रसार अभियानका संयोजकसमेत रहेका प्रह्लाद दास दामोदर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सहोदर भाइ हुनुहुन्छ । विश्व हिन्दु महासंघको भारतीय राष्ट्रिय अध्यक्षको जिम्मेवारी पाएपछि भारतमा हिन्दुधर्मको अध्ययन, अनुसन्धान एवं संवर्धन र विकास विस्तार तथा प्रचारप्रसारमा काम गर्नुको साथै नेपाललाई पुनः हिन्दु अधिराज्य कायम गराउन आफ्नो भूमिका रहने प्रह्लादको भनाई रहेको बताइएको छ ।
मुख्यालय नेपालको काठमाडौंमा रहेको विश्व हिन्दु महासंघको विश्वका पैंतालीस देशमा शाखा रहेको बताइएको छ । सनातन धर्म ॐकार परिवार (हिन्दु, बौद्ध, जैन, शिख, किराँत लगायत)को छाता संगठनको रूपमा क्रियाशील विश्व हिन्दु महासंघको भारत च्याप्टरमा प्रह्लाद मोदीको आगमनसँगै महासंघको भावी कार्यक्रम र रणनीति कस्तो हुने हो भन्ने आमसर्वसाधारणको जिज्ञाशा एवं ध्यानाकर्षण भएको छ ।


 

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू