Previous Version
Saturday, Feb 27, 2021  |  शनिबार, १५ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
दरबार हाई स्कूल निरीक्षण आज मिति २०७७ साल फागुन १५ गते शनिबार , फेवररी २७, तपाँईको आजको दिन कस्तो हुनेछ ? नेपाल–बङ्गलादेश युवा सम्मेलन शनिबार एक दशक पछि घमेश दुलालकाे "बनमा खयर" लाेकदाेहाेरी ताम्राकार कम्प्लेक्समा मोवाइल व्यवसायीहरुलाई बदनाम गराउने समाचारप्रति व्यवसायीको आपत्ति नेपालले कार्बन सञ्चितिबापत रु पाँच अर्ब प्राप्त गर्ने बलात्कारीलाई १८ वर्ष कैद आमसञ्चारमाध्यमलाई जिम्मेवार हुन अध्यक्ष तिमिल्सिनाको आग्रह कांग्रेस नेता जोशीलाई मस्तिष्काघात तारकेश्वर–१० कोे नयाँ भवन बन्ने दकोरियाले देशव्यापी कोरोना खोप सञ्चालन : नेपाली खुशी ‘निर्वाचनमा राजनीतिक दललाई अनुदानको व्यवस्था हुनुपर्छ’ मानव बेचबिखन गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि सर्वाेच्च अदालतले धर्म निर्वाह गरेको छ : पूर्वराष्ट्रपति डा. यादव कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने

आयात घट्दा भन्सार राजश्व प्रभावित

बिहीवार, १५ माघ २०७७, सगरमाथा पोष्ट.
वीरगञ्ज , तेस्रो मुलुकबाट आयात हुने अधिकांश वस्तुको आयात घट्दा वीरगञ्ज भन्सार कार्यालयको राजश्व असुली प्रभावित भएको छ । आर्थिक वर्ष २०७६÷७७ को पहिलो ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ११ दशमलव ९२ प्रतिशत आयात कम भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा पहिलो ६ महिनामा रु दुई खर्ब ३८ अर्ब ८५ करोड ९८ लाख ३२ हजार मूल्य बराबरको सामान आयात भएको थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा रु दुई खर्ब १० अर्ब ३८ करोड ९ लाख ४७ हजारको मूल्य बराबरका सामान मात्र आयात भएको छ । यसैगरी चालू आर्थिक वर्षको पुस महिनासम्ममा निर्याततर्फ ६ दशमलव १ प्रतिशतले राजश्व वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु १८ अर्ब ४१ करोड ५१ लाख ९१ हजार मूल्य बराबरको सामान निर्यात भएको थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा रु १९ अर्ब ९३ करोड ९० लाख ९७ हजार मूल्य बराबरको मालवस्तु भारत तर्फ निर्यात भएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा रु २० अर्ब २५ करोड ७८ लाख ५६ हजार राजश्व उठाउने लक्ष्य राखिएकोमा ७५ दशमलव ९९ प्रतिशत अर्थात रु १५ अर्ब ३९ करोड ४४ लाख ९४ हजार राजश्व उठेको छ । समग्रमा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा रु ८५ अर्ब ५१ करोड ३४ लाख १९ हजार राजश्व उठाउनुपर्नेमा ८६ दशमलव ०२ प्रतिशत अर्थात रु ७३ अर्ब ५५ करोड ४४ लाख १२ हजार मात्र राजश्व उठाउन सकेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । यो लक्ष्यको तुलनामा १३ दशमलव ९८ प्रतिशत कम राजश्व उठेको हो । यो नाका भएर मुख्य रुपमा इन्धन, सवारीसाधन, औद्योगिक कच्चापदार्थ भित्रिएको छ । कच्चा पदार्थमा भटमासको कच्चा तेल, कोइला, सुर्ती, एचआरसिट, बिलेटलगायतका वस्तु आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले बताउनुभयो । गतवर्ष यो नाकाबाट आउने पाम आयल निकासीमा भारत सरकारले रोक लगाएपछि राजश्व वृद्धिमा कमी आएको देखिन्छ । पाम आयलमा प्रतिबन्ध लगाएपछि व्यापारीले भटमासको प्रशोधित तेल निकासीमा जोड दिएका छन् । यो नाकाबाट जुस, कपडा, दन्तमञ्जन, सेन्थेटिक यार्न, जुत्ता, गलँैचालगायतका वस्तु निकासी भएका छन् । ––––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू