Previous Version
Sunday, Mar 07, 2021  |  आईतवार, २३ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
प्रदेश प्रमुख डा झाद्वारा सडक दुर्घटनाका घाइतेको उद्धार गाँजासहित तीन पक्राउ वर्तमान सरकारले देशमा समृद्धि ल्याउँछ : मुख्यमन्त्री पौडेल नागरिकता ऐन पारित गर्न माग साहित्य पुरस्कार डा लम्साललाई खाँदबारीमा प्रम रोजगार कार्यक्रमः २७६ रोजगार भूमि आयोगको कार्यालय स्थापना आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान महिला, किशोरीलाई आत्मसुरक्षा तालीम जङ्गलमै अलपत्र स्लेट खानी ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय ‘मेक इन नेपाल स्वदेशी–अभियान’ अन्तरआत्मामा लागेको विषय : राष्ट्रपति ५२ थान चोरीका मोबाइल सहित ४ जना पक्राउ नेपाल(पाकिस्तान फ्रेन्डसिप क्रिकेट सुरु

सिम्रौनगढ स्वास्थ्य शिविरमा १३९ बालबालिकाको उपचार

बिहीवार, १५ माघ २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, नेपाली सेनाले बाराको सिम्रौनगढ नगरपालिका–५ स्थित उचिडी स्वास्थ्यचौकीमा सञ्चालन गरेको स्वास्थ्य शिविरबाट ५९७ स्थानीयवासी लाभान्वित भएका छन् । सेनाको २८ बाहिनी र २८ फिए गुल्म, नेपाल औषधि उत्पादक सङ्घ, प्रदेश नं २ सामाजिक विकास मन्त्रालय, सैनिक अस्पताल पोखरा र चन्दननाथ गणको सहकार्यमा शिविरमा जनरल चिकित्सा, दन्त सेवा, इसिजी, आँखाको उपचार सेवा प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कोभिड–१९ का कारण स्वास्थ्य सेवाबाट वञ्चित र दुर्गम स्थानका पछि परेका समुदायले समेत निःशुल्क सेवा पाएको उक्त शिविरमा २७५ महिला, १८३ पुरुष र १३९ बालबालिकाले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा पुग्नेमध्ये पेट, हाडजोर्नी, दीर्घरोग, दम, छाला र मोतियाविन्दुका बिरामीको सङ्ख्या बाक्लो रहेको सेनाले जनाएको छ । शिविरमा हाइपरटेन्सन र दमका रोगी, हाडजोर्नी भएका बिरामीलाई फलोअप परीक्षण र निःशुल्क औषधिसमेत वितरण गरिएको सेनाले जनाएको छ । उक्त शिविरमा ५१ ले दाँतको उपचार सेवा लिएकामा अधिकाशले सेनाले उपलब्ध गराएको सेवाको मुक्तकण्ठले प्रशंसा गरेका थिए । उक्त शिविरबाट सेनाले आगामी दिनमा त्यसखाले शिविरमा आँखा, जनरल फिजिसियन, हाडजोर्नीका थप सेवा र विशेषज्ञको आवश्यकता महसुस भएको जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू