Previous Version
Saturday, Mar 06, 2021  |  शनिबार, २२ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
बागमतीका जिल्लामा ट्रायल परीक्षा शुरु प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा जङ्गी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक हुँदै आज मिति २०७७ साल फागुन १९ गते बुधबार, मार्च ३, तपाँईको आजको दिन कस्तो हुनेछ ? पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्करमाथि कारवाही नेप्सेमा पहिरो : बजार पूँजीकरणमा उच्च गिरावट एक सय फर्मलाई ३० लाख जरिवाना चन्द समूहसँग वार्ता गर्न टोली गठन राजश्व छली नियन्त्रण : रु ४७ अर्बको आर्थिक अपराध, एक हजारविरुद्ध मुद्दा बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी छः प्रम ओली बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली धवलागिरिमा किशोरी सम्मेलन सौर्य प्लान्टबाट जोडियो १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

बुद्धबार, १४ माघ २०७७, सगरमाथा पोष्ट.
लहान, विगत केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न सिरहा नगरपालिकाले आजदेखि शुक्रबारसम्म नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी दिनुभयो । चिसोका कारण विद्यालयमा अध्ययन, अध्यापन गर्न कठिनाइ भइरहेकाले विद्यालयमा बिदा दिने निर्णय भएको उहाँले बताउनुभयो । शैक्षिक क्यालेन्डर २०७७ को वर्षे बिदाबाट कट्टा हुने गरी माघ १४ देखि १६ गतेसम्म नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत यादवको कथन छ । बिहानैदेखि लाग्ने बाक्लो हुस्सु र तुषारो परेर अत्यधिक चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन कष्टकर बनेको छ । चिसो बढेपछि सर्वसाधारण बजार, चोक चौराहमा कम देखिएका छन् । चिसोका कारण रुघाखोकी, ज्वरो, झाडापखालालगायतका स्वास्थ्य समस्या बढ्दै गएको छ । यसैबीच चिसो बढ्दै गएपछि सुरक्षाकर्मीले जिल्लाका विभिन्न स्थानमा आगो बाल्न दाउरा वितरण गरेको छ । निःशुल्क शिविरमा २४१ को जाँच स्वास्थ्यचौकी गोलबजारमा आयोजना गरिएको आँखा र कानको निःशुल्क स्वास्थ्य शिविरमा २४१ जनाले जाँच गराएका छन् । स्वास्थ्य मन्त्रालयको सहयोगमा सगरमाथा चौधरी आँखा अस्पताल र स्वास्थ्यचौकीद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २४१ जनाको उपचार गरिएको स्वास्थ्यचौकी गोलबजारका प्रमुख सत्यनारायण यादवले जानकारी दिनुभयो । कानको ४७ र आँखाका १९४ बिरामीको उपचार गरिएको प्रमुख यादवले बताउनुभयो । सो क्रममा ७३ जनामा मोतियाविन्दु देखिएकालाई लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाका लागि पठाइएको जनाएको छ । तीन हजार ९३० लाई कोरोना खोप पहिलो चरणमा सिरहाका तीन हजार ९३० जनालाई कोरोना भाइरसविरुद्ध खोप लगाइने भएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलका अनुसार पहिलो चरणमा कोरोना भाइरसविरुद्ध अग्रमोर्चामा रहेर कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाइकर्मी, कारागारका कैदीबन्दी, एम्बुलेन्स चालक र शववाहनका चालकलाई खोप लगाइने छ । कोरोनाविरुद्धको खोप विभागबाट आइसकेको र जिल्ला अस्पतालमा भण्डारण गरी राखिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो । सिरहा अस्पतालको हाताभित्र तीनवटा बुथ स्थापना गरी आज बिहान ११ बजेबाट खोप लगाउन शुरु गरिने उहाँको भनाइ छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू