Previous Version
Friday, Feb 26, 2021  |  शुक्रबार, १४ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
नेप्सेमा उच्च अङ्कको गिरावट, बजार पूँजीकरण घट्यो थप ४८ जना सङ्क्रमणमुक्त वडाअध्यक्ष चन्दले ज्यान मार्ने धम्की दिएको भन्दै बैतडीका टेलर शान्ति सुरक्षा माग्दै काठमाडौंमा केपी ओली वर्तमान युगको कालिदास सावित, उहाँको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसक्यो : राजेन्द्र श्रेष्ठ सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला सहित मानिसहरु पक्राउ खोपले काम गरेन, भटाभट मरे कुखुरा नारायणगढ–बुटवल सडक : निर्माण भए २२ साना पुल उच्च शिक्षा छात्रवृत्तिमा जुम्ला पर्न सकेन ‘युरोरडिस फोटो अवार्ड’मा नेपाललाई दोस्रो स्थान देवघाट क्षेत्र विकास समितिका अध्यक्षद्वारा पदभार ग्रहण विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन पाँच वर्षअघि उपभोग मिति समाप्त दाल बिक्री आज मिति २०७७ साल फागुन १३ गते विहिबार, फेवररी २५, तपाँईको आजको दिन कस्तो हुनेछ ? फैसलाले मुलुकलाई सङ्कटबाट जोगायो : वरिष्ठ नेता पौडेल

आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिइँदै

सोमबार, १२ माघ २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, त्रिभुवन विश्वविद्यालयले नेपाल आंशिक प्राध्यापक सङ्घसँगको सहमति कार्यान्वयनका लागि शिक्षण सहायक (करार) सरहको पारिश्रमिक पाउने गरी व्यवस्थापन र नियुक्तिको प्रक्रिया शुरु गरेको छ । त्रिवि कार्यकारी परिषद्को यही माघ २ गतेको बैठकको निर्णयानुसार रजिष्ट्रारको कार्यालयका प्रमुख वैकुण्ठप्रसाद थपलियाले त्रिवि मातहतका विभिन्न क्याम्पस र विभागमा अध्ययन कार्यमा संलग्न आंशिक शिक्षकको व्यवस्थापनबारे सर्कुलर पठाउनुभएको हो । सम्बन्धित क्याम्पसले आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने गरी त्यस्ता शिक्षकको व्यवस्थापनका लागि सूची पठाउन त्रिविले निर्देश गरेको छ । गत पुस २४ गते विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सातबुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको थियो । सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, अनुभव र कक्षाभारका आधारमा शिक्षण सहायक सरह (करार) मा नियुक्ति दिने प्रक्रिया शुरु भएको हो । यसरी नियुक्त शिक्षकले क्याम्पसको आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने गरी व्यवस्थापन गर्ने र त्यस्ता शिक्षकले त्रिविको प्राज्ञिक अध्ययन तथा अनुसन्धानमा पनि समावेश हुन पाउने भएका छन् । यस्तै शैक्षिक सत्र अध्यापन गरेका आंशिक शिक्षकलाई त्रिवि सेवा आयोग प्रवेशमा उमेर हद नलाग्ने गरी त्रिविले नियम संशोधन गरेको छ । हाल त्रिविमा करीब दुई हजार आंशिक प्राध्यापक छन् । सङ्घका महासचिव राजेन्द्र गिरीले विगतका सरकार र नेतृत्वसँग भएका सहमति कार्यान्वयन नभएकामा हालको सहमति कार्यान्वयन शुरु हुनु सकारात्मक भएको बताउनुभयो । आफूहरु समान कामका लागि समान ज्यालाका लागि लडेकामा त्यसको प्रतिफल प्राप्त हुने आशा बढेको बताउनुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू