Previous Version
Friday, Feb 26, 2021  |  शुक्रबार, १४ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
सर्वाेच्च अदालतले धर्म निर्वाह गरेको छ : पूर्वराष्ट्रपति डा. यादव कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न आज मिति २०७७ साल फागुन १४गते शुक्रबार , फेवररी २६, तपाँईको आजको दिन कस्तो हुनेछ ? नेप्सेमा उच्च अङ्कको गिरावट, बजार पूँजीकरण घट्यो थप ४८ जना सङ्क्रमणमुक्त वडाअध्यक्ष चन्दले ज्यान मार्ने धम्की दिएको भन्दै बैतडीका टेलर शान्ति सुरक्षा माग्दै काठमाडौंमा केपी ओली वर्तमान युगको कालिदास सावित, उहाँको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसक्यो : राजेन्द्र श्रेष्ठ सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला सहित मानिसहरु पक्राउ खोपले काम गरेन, भटाभट मरे कुखुरा नारायणगढ–बुटवल सडक : निर्माण भए २२ साना पुल उच्च शिक्षा छात्रवृत्तिमा जुम्ला पर्न सकेन ‘युरोरडिस फोटो अवार्ड’मा नेपाललाई दोस्रो स्थान देवघाट क्षेत्र विकास समितिका अध्यक्षद्वारा पदभार ग्रहण विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

पञ्चाङ्ग निर्णायक समितिमा शास्त्रज्ञ, ज्योतिर्विद् नियुक्तिको माग

आईतवार, ११ माघ २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, नेपाल पञ्चाङ्ग निर्णायक समितिमा धर्मशास्त्र र ज्योतिष विषयका विज्ञलाई नियुक्त गर्न धर्मशास्त्रविद् एवं ज्योतिषविद्ले माग गरेका छन् । दक्षिण एसियाली ज्योतिष महासङ्घले आज चावहिलमा आयोजना गरेको कार्यक्रममा पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश पारित गरेसँगै नयाँ पदाधिकारी नियुक्ति हुने चर्चा शुरु भएको हो । हालका पदाधिकारीलाई गठन आदेश जारी नभएसम्मका लागि काम गर्नु भनी विसं २०७० मा नियुक्ति पत्र दिइएको थियो । कार्यक्रममा समितिका अध्यक्ष धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले हालसम्म शास्त्रसम्मत् रुपमा पात्रो (पञ्चाङ्ग) प्रकाशन भएकाले अब पनि यसरी काम गर्न सक्ने शास्त्र र ज्योतिषमा दख्खल भएका व्यक्तिलाई नियुक्त गर्न माग गर्नुभयो । कार्यक्रममा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा डा गणेशप्रसाद घिमिरे, धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई, सहप्रा डा माधवप्रसाद पाण्डेय, समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेल, विश्व ज्योतिष महासङ्घका अध्यक्ष लोकराज पौडेल, नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डेय, किराँत ज्योतिष उत्थान सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्मालगायतले वृहस्पति र शुक्र अस्त भएका बेला पनि पुराण वाचन, विवाह जस्ता शास्त्र वर्जित काम भइरहेकाले ज्योतिषीको ध्यान जानुपर्ने बताउनुभएको थियो । सो अवसरमा महासङ्घको शोधमूलक ग्रन्थ मन्दाकिनी र विधान विमोचन गरिएको थियो । महासङ्घको वेभसाइट पनि कार्यक्रममा धर्मशास्त्रविद् गौतमले शुभारम्भ गर्नुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू