Previous Version
Sunday, Mar 07, 2021  |  आईतवार, २३ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
प्रदेश प्रमुख डा झाद्वारा सडक दुर्घटनाका घाइतेको उद्धार गाँजासहित तीन पक्राउ वर्तमान सरकारले देशमा समृद्धि ल्याउँछ : मुख्यमन्त्री पौडेल नागरिकता ऐन पारित गर्न माग साहित्य पुरस्कार डा लम्साललाई खाँदबारीमा प्रम रोजगार कार्यक्रमः २७६ रोजगार भूमि आयोगको कार्यालय स्थापना आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान महिला, किशोरीलाई आत्मसुरक्षा तालीम जङ्गलमै अलपत्र स्लेट खानी ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय ‘मेक इन नेपाल स्वदेशी–अभियान’ अन्तरआत्मामा लागेको विषय : राष्ट्रपति ५२ थान चोरीका मोबाइल सहित ४ जना पक्राउ नेपाल(पाकिस्तान फ्रेन्डसिप क्रिकेट सुरु

प्रतिनीधिसभा पुनःस्थापना गरेर राष्ट्रियता, लोकतन्त्र र नेपाली जनतालाई न्याय दिन पौडेलको सर्वोच्चलाई आग्रह

शनिबार, ३ माघ २०७७, सगरमाथा पोष्ट.
दमौली, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनीधिसभा पुनःस्थापना गरेर नेपालको राष्ट्रियतालाई नेपालको लोकतन्त्र र नेपाली जनतालाई न्याय दिन आग्रह गरेका छन् । चितवनको भरतपुर महानगरपालिकाद्धारा आयोजित विरोधसभालाई सम्बोधन गर्दै पौडेलले प्रतिनीधिसभा विघटनले मुलुकको राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि एकै पटक प्रहार भएको बताउदै सर्वोच्च अदालतले न्याय दिनेमा विश्वास व्यक्त गरे । पौडेलले भने–‘म चितवनको यो सहिदभूमीबाट न्यायमुर्तीहरु सम्मान गर्दै सर्वोच्च अदालतलाई नेपालको राष्ट्रियतालाई नेपालको लोकतन्त्र र नेपाली जनतालाई न्याय दिन आग्रह गर्दछु ।’ उनले संसदको विघटन लोकतन्त्र माथि संविधानमाथि राष्ट्रमाथि एकै पटक प्रहार गरेको बताए । वरिष्ठ नेता पौडेलले संविधनामा धारा ७६ (५)को प्रधानमन्त्रीले बाहेक प्रतिनीधिसभा विघटन गर्न नपाउने स्पष्ट व्यवस्था हुँदा हुँदै पनि कतै फैसला अन्तै जान्छ कि भन्नेमा आम नागरिकले शंका गरिरहेको समेत  बताए । पौडेलले नेपाली कांग्रेस चुनावमा नजाने भन्ने हुँदै नभएको बताउँदै चुनाव भन्दा ठुलो संविधान र लोकतन्त्र हुने स्पष्ट पारे । पौडेलले भने–‘खेत भएमात्र अर्को पटक धान रोप्न पाइन्छ । खेतै नभएपछि कसरी धान रोप्ने त्यसैले अहिले संविधान जोगाऊ लोकतन्त्र जोगाउ । लोकतन्त्र र संविधान जोगियो भने त चुनवामा त जहिले पनि सहभागि हुन पाइन्छ नि ।’
वरिष्ठ नेता पौडेलले चुनाव गराउनका लागि प्रतिनीधिसभा भंग नगरेको बताउदै मुलुकलाई संकट तर्फ धकेल्नका लागि भएको प्रतिनीधिसभा भंग भएको बताए । उनले भोली चुनाव पनि नहुने प्रतिनीधिसभा पनि नहुने अवस्थामा नेपाली जनताले ७० वर्ष संर्घष गरेर ल्याएको संविधान र राजनीति व्यवस्थाको हालत के हुन्छ भनि प्रश्न गरे

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू