Previous Version
Wednesday, Jan 20, 2021  |  बुद्धबार, ७ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयरमा १८ अर्बको आवेदन आज मिति २०७७ साल माघ ७ गते बुधबार , जनवरी २० , तपाँईको आजको दिन कस्तो हुनेछ ? बोलेरो दुर्घटनामा एकको मृत्यु, पाँच घाइते पहिचान नखुलेका शवको अभिलेख राख्न आग्रह निगमले पहिलोपटक मकाउमा उडान गर्दै प्रतिनिधिसभा विघटन मुद्दाः प्रमलाई सहयोग गरेका अवस्थामा विघटन गर्न नपाइने तर्क देशको अर्थतन्त्र उकास्न साढे छ खर्ब लाग्ने ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान धार्मिक पर्यटनको केन्द्र बन्दै ‘शान्तिधाम’ पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल घुरले ज्यान लिँदै प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर ललितपुर फुटबल सङ्घका अध्यक्षको निलम्बन फुकुवा ‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

नेप्सेमा उछाल : छ अर्ब ३४ करोडको कारोबार

आईतवार, १९ पौष २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ । साताको पहिलो दिन नेप्सेमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ८८.१२ बिन्दुले बढेर दुई हजार १७५.३९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक परिसूचक १७.१८ बिन्दुले उकालो लागेर ४१५.८८ बिन्दुमा पुगेको छ । कूल २१२ कम्पनीका एक करोड ४० लाख २६ हजार ८८६ कित्ता सेयर रु छ अर्ब ३४ करोड ४० लाख १७ हजार ८८९ मूल्यमा कारोबार भएको छ । लगातार बजार उकालो लाग्दा बजार पूँजीकरण रु २९ खर्ब २७ अर्ब २७ करोड २९ लाख बराबर पुगेको छ । लगातार बजार उकालो लागेर नेप्से नयाँ बिन्दुमा मात्रै पुगेको छैन, नयाँ इतिहास कायम भएको छ । हालसम्मकै उच्च बिन्दुमा नेप्से पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहकै शेयर उकालो लागेको छ । बैंकिङ ७०.९२, व्यापार २२१.५७, होटल ३४.८४, विकास बैंक ४६.१, जलविद्युत् ३८.९३, वित्त ७.६६, निर्जीबन बीमा २६८.४२, उत्पादन २६४.४४, अन्य १०३.४४, लघुवित्त ७७.६, जीवन बीमा ५५०.९५ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ । कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५० करोड ९५ लाख ७५ हजार २२८ बराबरको कारोबार भयो । यस्तै प्राइम बैंक रु ५० करोड २६ लाख दुई हजार ७९८, नेपाल दूरसञ्चार कम्पनी रु ४५ करोड सात लाख ९१ हजार १०१, नेपाल पुनरबीमा कम्पनी रु २७ करोड ५२ लाख ५९ हजार ५१४, एनआइसि एशिया बैंक रु २७ करोड ३७ लाख ९६ हजार ७७९, एभरेष्ट बैंक रु १९ करोड १७ लाख ५० हजार ६७८, शिवमु सिमेन्ट रु १९ करोड एक लाख ६४ हजार ७९९, प्रभु बैंक रु १८ करोड ८६ लाख २६ हजार २८९ र नबलि बैंक रु १६ करोड ८१ लाख नौ हजार ६८३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् । कारोबार भएका कूल कम्पनीमध्ये १५२ कम्पनीको शेयर उकालो लागेको छ भने १४ कम्पनीको शेयर ओरालो लागेको छ । यस्तै आठ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन । कारोबारका आधारमा साल्ट टे«डिङ कर्पोरेशन १०, हिमालयन डिस्टिलरी १०, नेपाल पुनरबीमा कम्पनी ९.९७, प्राइम बैंक ९.८६, कुमारी बैंक ९.१३, गुराँस लघुवित्त ९.११, नेशनल माइक्रोफाइनान्स ९.११, आशा लघुवित्त ८.१२, नेपाल दूरसञ्चार कम्पनी ७.७८ र सिटिजन बैंकका लगानीकर्ताले ७.०९ प्रतिशतले कमाए । त्यस्तै राधी विद्युत् कम्पनी ४.२९, शिवश्री हाइड्रोपावर ३.२९, युनाइटेड फाइनान्स ३.२३, बुटवल पावर २.२२, नेपाल इन्भेस्टमेन्ट बैंकको डिवेञ्चर २.०, छ्याङदी हाइड्रोपावर १.९४, नेपाल एबिआई डिवेञ्चर १.८८ र रिलायन्स फाइनान्सका लगानीकर्ताले १.२० प्रतिशतले गुमाए । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू