Previous Version
Wednesday, Jan 20, 2021  |  बुद्धबार, ७ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
चक्रपथ विस्तार आयोजनाको समस्या समाधानका लागि उपप्रमको निर्देशन प्रतिनिधिसभा विघटन मुद्दा : विषयकेन्द्रित बहस गर्न आग्रह नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयरमा १८ अर्बको आवेदन आज मिति २०७७ साल माघ ७ गते बुधबार , जनवरी २० , तपाँईको आजको दिन कस्तो हुनेछ ? बोलेरो दुर्घटनामा एकको मृत्यु, पाँच घाइते पहिचान नखुलेका शवको अभिलेख राख्न आग्रह निगमले पहिलोपटक मकाउमा उडान गर्दै प्रतिनिधिसभा विघटन मुद्दाः प्रमलाई सहयोग गरेका अवस्थामा विघटन गर्न नपाइने तर्क देशको अर्थतन्त्र उकास्न साढे छ खर्ब लाग्ने ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान धार्मिक पर्यटनको केन्द्र बन्दै ‘शान्तिधाम’ पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल घुरले ज्यान लिँदै प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : त्रिविलाई हराउँदै चितवन फाइनलमा

आईतवार, १९ पौष २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, त्रिभुवन विश्वविद्यालयको टोलीलाई हराउँदै चितवन प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोटको फाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ मा रहेको चितवनले शनिबार सम्पन्न खेलमा त्रिविलाई तीन विकेटले पराजित गरेर शीर्षस्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको त्रिविले ४० ओभरमा सबै खेलाडी गुमाउँदै १४६ रन बनाएको थियो । त्रिविका लागि पृथु बाँस्कोटाले २८ तथा सुसान्त तिमिल्सिनाले २१ रन बनाउनुभयो । बलिङतर्फ चितवनका दीपेश श्रेष्ठ, दिवस आचार्य र प्रशान्त महतले दुई–दुई विकेट लिनुभयो । जितका लागि १४७ रनको लक्ष्य चितवनले ३५ दशमलव पाँच ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । चितवनका लागि रोविन शर्माले २८, विकलकुमार गुप्ताले २२, सङ्घर्ष पौडेलले २०, आकाश थापाले १९ तथा अजित भण्डारीले १७ रन बनाउनुभयो । बलिङतर्फ त्रिविका लागि आयुश बानियाँले दुई विकेट लिनुभयो । यस्तै शनिबार नै अर्को खेलमा मवकानपुरले भक्तपुरलाई छ विकेटले हरायो । त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको भक्तपुरले ३५ दशमलव दुई ओभरमा १३६ रन बनायो । धिरज अधिकारीले ३६, प्रशान्त पण्डितले २९, अदित सुवेदीले १४ र कृष कार्कीले १९ रन बनाउनुभयो । बलिङतर्फ मकवानपुरका लागि रिजन ढकालले तीन तथा पियुष शर्मा र विशाल फुँयालले दुई–दुई विकेट लिनुभयो । एक सय ३७ रनको विजय लक्ष्य मवकानपुरले २८ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि तक्षक सिम्खडाले ६४ तथा विशाल फँुयालले २२ रन बनाउनुभयो । बलिङतर्फ भक्तपुरका सुवास खत्री र सुसान श्रेष्ठले दुई–दुई विकेट लिनुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू