Previous Version
Friday, Mar 05, 2021  |  शुक्रबार, २१ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली धवलागिरिमा किशोरी सम्मेलन सौर्य प्लान्टबाट जोडियो १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा रावल मङ्गलबार १० अर्बको विकास ऋणपत्र बोलकबोल हुने पेट्रोलियम पदार्थको मूल्य बढ्यो राप्रपा महाधिवेशन प्रतिनिधिको निर्वाचन वैशाख १० भित्रै सुल्झाइँदै दुई जिल्लाको सिमा विवाद आज मिति २०७७ साल फागुन १८ गते मंगलबार, मार्च २, तपाँईको आजको दिन कस्तो हुनेछ ? पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्नेमा जोड ऋषि धमलासँग प्रचण्डले बोलेको अभिव्यक्ति विवादमा, ६ पार्टी तथा संघ÷संस्थाद्धारा क्लबमा पत्रकार सम्मेलनको आयोजना राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते प्रधानमन्त्री ओली पोखरामा

१६ जिल्लाका सिडियोहरुको सरुवा, कुन जिल्लामा को ?

शनिबार, ४ पौष २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित अध्यागमन अधिकृत, सहसचिव र उपसचिव गरी १८ को सरुवा गरेको छ । हिजो गृह मन्त्रीस्तरीय निर्णयअनुसार उहाँहरुलाई पदस्थापन, सरुवा तथा काज सरुवा गरिएको हो । मन्त्रालयले दिएको जानकारीअनुसार गृह मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई ललितपुर, धनकुटाका प्रजिअ केशवप्रसाद विमलीलाई महोत्तरी, गृहका सहसचिव वासुदेव दाहालाई धनकुटा, रामेछापका प्रजिअ रुद्रादेवी शर्मालाई गुल्मी, पाँचथरका प्रजिअ अर्जुनकुमार शर्मालाई रामेछापको प्रजिअमा र खोटाङका प्रजिअ शालिग्राम शर्मा पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । ललितपुरका प्रजिअ नारायणप्रसाद भट्ट सचिवमा बढुवा भएर बाग्मती प्रदेश कार्यालयमा पठाइएकाले निरौलालाई ललितपुरमा सरुवा गरिएको हो । यस्तै महोत्तरीका प्रजिअ कृष्णबहादुर कटुवाललाई कारागार कार्यलय झुम्का, सुनसरी पठाइएको छ भने भोजपुरका प्रजिअ वसन्तराज पुरीलाई इलाका प्रशासन कार्यालय उदयपुरको कटारी पठाइएको छ । अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत कृष्णप्रसाद भण्डारीलाई भोजपुरको प्रजिअ, गृल्मीका प्रजिअ भरतकुमार शर्मालाई गृह मन्त्रालय र डोल्पाका प्रजिअ सुरेश सुनारलाई अध्यागमन कार्यालयमा सरुवा गरिएको छ । गृह मन्त्रालयका उपसचिव माधवप्रसाद ढकाललाई डोल्पा, मृगुका प्रजिअ कृष्णकुमार निरौलालाई सिरहा र गृह मन्त्रालयका उपसचिव मित्रलाल शर्मालाई खोटाङको प्रजिअमा सरुवा गरिएको छ । इलाका प्रशासन कार्यालय कटारीका उपसचिव चन्द्रबहादुर सिवाकोटीलाई मुगु, गृह मन्त्रालयका उपसचिव पुण्यप्रसाद ढकाल र जयराज भण्डारीलाई क्रमशःपाँचथर र तेह्रथुमको प्रजिअमा तथा तेह्रथुमका प्रजिअ विश्वराज न्यौपानेलाई गृह मन्त्रालयमा सरुवा गरिएको जनाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू