Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

पर्यटन क्षेत्र चलायमान बनाउन नाट्टाको सन्देश

आईतवार, २१ मंसिर २०७७, सगरमाथा पोष्ट.
पोखरा, कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यका साथ निस्किएको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्स (नाट्टा)गण्डकी प्रदेशकोको टोली चार दिने भ्रमणपछि पोखरा फर्किएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा निस्किएको टोलीले गोर्खा र तनहुँका पर्यटकीय गन्तव्यको अवलोकनसहित स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवालासँग अन्तक्र्रिया गरेर आन्तरिक पर्यटन प्रवद्र्धनको लागि सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेको संस्थाका महासचिव कमला गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार भ्रमणको पहिलो दिन गोर्खाको प्रसिद्ध मनकामना मन्दिर, सिद्ध गुफा, बक्रेश्वरी, शहीद लखन पार्क, अवलोकन गरी शहीद लखन थापा गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय सरोकारवालासँग अन्तक्र्रिया गरेको थियो । गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले उक्त क्षेत्रका पर्यटकीयस्थलको जानकारी दिँदै कोभिड–१९ का बीच पर्यटन प्रवद्र्धनको अभियानमा जुट्न सकारात्मक भएको बताउनुभयो । उक्त टोलीले गोर्खामा रहेका गोखरकाली, मन्दिर र आसपासका गन्तव्यको दृश्यवलोकन गरी गोर्खा नगरपालिकाका प्रमुख राजनराज पन्तसँग पोखरा र गोर्खाको पर्यटन प्रवद्र्धनमा कसरी साझेदारी गर्ने भन्ने विषयमा छलफल गरेको थियो । गोर्खाको सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टलाई भूकम्पको इपिसेन्टरको विषयमा देखिएको अन्योलका विषयमा व्यवसायीले जिज्ञासा राखेका थिए । एकै क्षेत्रका धार्र्चे गाउँपालिका र सुलिकोट गाउँपालिकाले भूकम्पको इपिसेन्टरको दाबी गर्नुभन्दा सत्यतथ्य बाहिर ल्याएर पर्यटकीय गन्तव्यको विकासका लागि साझा धारणासहित अघि बढ्न नाट्टाले सुझाव दिएको थियो । टोलीले गैरआवासीय नेपाली सङ्घले भूकम्पपीडितका लागि धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण गरेको नमूना बस्ती पुगेर आसपासका हिमशङ्खला र पदमार्गको बारेमा जानकारी लिएको थियो । स्थानीय पर्यटन व्यवसायी रामकुमार गुरुङ र राजकुमार गुरुङले त्यस क्षेत्रका प्रमुख गन्तव्यका बारेमा तयार गरिएको वृत्तचित्र देखाएर पर्यटन प्रवद्र्धनमा सँगसँगै हातेमालो गर्न तयार रहेको बताउनुभयो । तेस्रो दिन पालुङटार नगरपालिका प्रमखसँग भेटघाट गरी उक्त क्षेत्रका पर्यटकीय गन्तव्यका बारेमा जानकारी लिइएको थियो । नगर प्रमुख ई दीपकबाबु कँडेलले अमेरिकामा भन्दा पहिलो प्रजातन्त्रको अभ्यास भएको जिल्ला भएको उल्लेख गर्दै धार्मिक ऐतिहासिक र सांस्कृतिकसँगै प्राकृतिक रुपमा त्यस क्षेत्रमा भएका पर्यटकीय गन्तव्यको जानकारी दिनुभएको थियो । नाट्टाको टोलीले लिगलिगकोटको दृश्यावलोकनसहित त्यसको ऐतिहासिक पृष्ठभूमिको बारेमा जानकारी लिएको थियो । कार्यक्रमको अन्तिम दिन बन्दिपुरको मौलिक परम्पराको जानकारी लिँदै छाब्दीबाराही मन्दिरको दर्शन र पछिल्लो समय निकै चर्चामा रहेको तनहुँको मानहुँकोटको अवलोकन गरिएको थियो । सो लगत्तै ग्रामीण पर्यटनको प्रवद्र्धनसहित शुक्ला गण्डकी नगरपालिका–२ स्थित भुजिकोटमा पुगेर त्यस क्षेत्रका पर्यटकीय गन्तव्यका बारेमा जानकारी लिएको थियो । कार्यक्रममा शुक्लागण्डकी नगरपालिका प्रवक्ता खिमबहादुर कुमाल र उक्त वडाका वडाध्यक्ष जगतबहादुर गुरुङले सो क्षेत्रको पर्यटकीय गन्तव्य र धार्मिक महत्वका बारेमा जानकारी गराउनुभएको थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईलाई कोरोनाको त्रासबाट माथि उठेर अब स्वास्थ्य सतर्कतासहित पर्यटन क्षेत्र चलायमान गराउन नाट्टाको कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत जयशक्ति सराफले भ्रमणले पहिचान भएका र हुँदै गरेका पर्यटकीय गन्तव्यकोे प्रवद्र्धनमा भूमिका खेलेको जनाउँदै बोर्डले पर्यटन प्रवद्र्धनमा सहयोग गर्न सधँै तयार रहेको धारणा राख्नुभयो । संस्थाका अध्यक्ष सञ्जयकान्त सिग्देलले स्वास्थ्य सतर्कता अपनाउँदै थालिएको पर्यटन पुनःउत्थान कार्यक्रम निकै उत्साहका साथ सफल भएको बताउनुभयो । उहाँले एक जिल्लाले अर्को जिल्लाको भ्रमण गरेर त्यस क्षेत्रका गन्तव्यको बारेमा प्रचारप्रसार गर्न सके सुस्ताएको पर्यटन विस्तारै लयमा फर्किने विश्वास व्यक्त गर्नुभयो । उक्त कार्यक्रमका संयोजक एवं संस्थाका द्धितीय उपाध्यक्ष किशोर दाहालले आन्तरिक पर्यटन पुनःउत्थान गर्ने उद्देश्यसहित छिमेकी जिल्लाको स्थलगत भ्रमण निकै फलदायी रहेको बताउनुभयो । उहाँले टोलीमा पोखरा पर्यटन परिषद्का अध्यक्ष, नाट्टाका पूर्व अध्यक्ष, नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत, पत्रकार र संस्थाका सदस्यसहित २४ जनाको सहभागिता रहेको जानकारी दिनुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू