Previous Version
Wednesday, Jun 16, 2021  |  बुद्धबार, २ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
चुरेका पहिरोपीडितको जङ्गलमा बास मेलम्ची खानेपानी आयोजनाका आठ सम्पर्कविहीन नदी कटान रोक्न योजना तर्जुमा कालीगण्डकीले बगायो ९ घर बाढीले तीन स्थानीय तह पूर्ण क्षतिग्रस्त अखिलको राहत र उद्धार टोली प्रस्थान बाढीपीडितको उद्धार गर्न अखिल र युवा सङ्घ टोली परिचालन अस्पतालबाट नेता खनालको सन्देश : ‘‘पार्टी मिलाउनुस् कमरेड...’’ 'हट स्पट’ दाङमा पनि घटे कोरोना सङ्क्रमित विषाक्त मदिरा सेवनबाट एकै गाउँमा आठको मृत्यु अझै तीन दिन भारी वर्षा हुने बेलायतद्वारा सहायता बजेट कटौती : नेपाल सहित दक्षिण एशियाका जनस्वास्थ्यमा असर रेडियो मेलम्ची डुबानमा सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन उद्धार र राहतमा खटिन सभापति देउवाको निर्देशन

कोरोना महामारीमा विद्यालय सञ्चालन यसरी गर्न सकिन्छ ?

बिहीवार, १८ मंसिर २०७७, सुशान्त न्यौपाने.
काठमाडौं । तारकेश्वर नगरपालिकाभित्र अहिले विद्यालय खोल्ने र खोल्नुहुन्न भन्ने विषयमा केही विचारहरु आइरहेका छन् । यसबारेमा आफ्नो बुझाई मार्फत् केही मात्रामा प्रष्ट पार्ने कोसिस गर्दैछु । नेपालमा कोरोना महामारीको संक्रमण चिसो मौसमका कारण तत्काल घट्ने अवस्था देखिन्न । अझै पुस र माघ २ महिना यसको संख्या बढ्ने देखिन्छ तर शैक्षिक संस्थाहरू विगत चैतदेखि नै बन्दाबन्दीमा रहेका छन् । विद्यालयहरु बन्द रहँदा ९० लाख विद्यार्थीहरु पढ्नबाट बञ्चित छन् ।  अनलाइन कक्षा सञ्चालन गर्ने भनेर नेपाल सरकारले विद्यालयहरुलाई निर्देशन दिएपनि नेपालमा अनलाइन कक्षाको प्रयोग पहिलोपटक भएको र नेपालका सबै भूभागहरुमा इन्टरनेट सेवा नभएका कारण अनलाइन शिक्षा प्रभावकारी बन्न सकेन । शहरका केही सिमित ठाउँहरुमा नीजि विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेपनि करिव २० प्रतिशत विद्यार्थीहरुले मात्र अनलाइन शिक्षा पाएका छन् । शहरभित्रकै सामुदायिक विद्यालयहरुमा शिक्षकहरूले आइटीको प्रयोग गर्न नजान्दा अनलाइन कक्षा सञ्चालन हुन् सकेन । तारकेश्वरकै एक सामुदायिक विद्यालयमा करिव ८० जना विद्यार्थी भएको एउटा कक्षामा ४ जनाले मात्र अनलाइन कक्षा लिएको बुझिन्छ ।
शहर भित्रकै सामुदायिक विद्यालयका शिक्षकहरुले तालिम र एडभान्स क्लास लिएका शिक्षकहरुले नै आइटीलाई प्रयोग गर्न जान्दैनन । सिक्न पनि चाहँदैनन् भने पहाडी गाउँ क्षेत्रमा भएका विद्यालयका शिक्षकहरुसँग एन्ड्रोइड मोवाइल फोन अधिकांशसँग हुँदैन । विद्यार्थीहरुसँग ल्यापटप, एन्ड्रोइड मोवाइल हुने कुरै भएन । इन्टरनेट सेवा शहरी इलाका बाहेक बाह्य क्षेत्रमा पुगेकै छैन । त्यसकारण अनलाइन शिक्षा अहिलेको परिवेशमा नेपालमा सम्भव छैन । पूर्वाधार विकास हुन नसकेको राष्ट्रमा कसरी हुन्छ आइटीको विकास । ९ महिना भइसक्यो विद्यालयहरु बन्द भएको, सामुदायिक विद्यालयका शिक्षकहरुले त राज्य कोषबाट तलब सेवा सुविधा र कोरोना महामारी भन्दै कोरोना स्वास्थ्य बीमा समेत लिइरहेका छन् । संस्थागत विद्यालयका शिक्षकहरुलाई कोरोना महामारीको कारण देखाएर विद्यालयले तलब दिनै सकेन । न त संस्थागत विद्यालयका शिक्षकहरुलाई राज्यले कुनै राहतको प्याकेज नै दियो । त्यसकारण पढाएरै जिविको चलाउँदै आएका शिक्षकहरुले त ९ महिनादेखि तलब नपाई भोकै बस्नु परेको स्थिति एकातिर छ । कमसेकम सामाजिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्ड पुरा गरेर विद्यालयहरु सञ्चालन गर्न सके शिक्षकहरुले पनि राहत पाउँछन् । विद्यार्थीहरुले पढ्न पाउने अधिकारबाट बञ्चित हुनुपर्दैन । केही नीजि विद्यालयहरुले अनलाइन कक्षाको नाममा लकडाउन अवधिको पुरै फि लिएका पनि देखिन्छन् । स्थानीय सरकार र नेपाल सरकारले फि नलिनु भन्ने आदेसको पालना भएको छैन । शिक्षकलाई तलब खुवाउन बाध्य परेर फि उठाए कि, आफ्नो नाफा कायम राख्नका लागि फि उठाएका छन् यो विषयमा अभिभावकहरुले बुझ्न चाहेका छन् । स्थानीय सरकारले यसबारेमा आफ्ना मातहतका विद्यालयहरूसँग बुझेर जनतालाई जवाफ दिनैपर्छ ।  
यो ९ महिनाको अवधिमा लकडाउन, सटडाउन र निषेधाज्ञा धेरैपटक भए । कोरोना संक्रमण घट्ेन झन आक्रामक शैलीमा बढेर गयो । कोरोना भाइरस रोकथाम हुन नसकेपछि सरकारले आफ्ना क्रियाकलापहरु बन्द गरेको छ । करिव ८ महिना बन्द भएका उद्योग÷व्यवसायहरु औधोगिक क्षेत्रहरु, होटल, ट्राभल्स क्षेत्र–रेष्टुराँ क्षेत्रहरु पूर्ण रुपमा सञ्चालनमा आइसकेका छन् । लकडाउन, सटडाउन र निषेधाज्ञा गरेर कोरोना महामारी नियन्त्रणमा आउँदैन भन्ने प्रष्ट भएको छ । उद्योगी÷व्यवसायीहरुको चर्को दवावपछि सरकारले उद्योग व्यवसाय खोल्न बाध्य भएको थियो । यतिबेला शैक्षिक संस्थाहरू र फिल्म हलहरु बन्द रहेका छन् । सरकारी विद्यालयका शिक्षकहरु र स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई अहिले पनि विद्यालय खोल्न चाहँदैनन् । किनकि घरमै बसिबसि सेवा सुविधाहरु पाइरहेकै छन् । कोरोना नहटेसम्म विद्यालय खोल्दा जोखिम बढ्ने बहाना बनाउन चाहन्छन् । तर, कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि केही गर्न नसक्नेहरुले भाइरस नियन्त्रण भएपछि विद्याल्य खोल्नुपर्छ भन्नु वाहियात कुरा हो । आफ्नो जिम्मेवारी र कर्तव्य के हो भनेर बुझ्न नसक्नु हो ? ठूला सम्पन्न राष्ट्रहरुले पनि शिक्षा क्षेत्रमा सामाजिक दूरी अपनाएर खोल्न लगाएका छन् । तारकेश्वर भित्रकै केही सामुदायिक विद्यालयमा भौतिक रूपमा विद्यार्थी उपस्थित भएर अहिले परिक्षा दिइरहेका छन् । नीजि विद्यालय, अभिभावक र विद्यार्थीहरुको चर्को दवावपछि तारकेश्वर नगर शिक्षा साखाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । तर विद्यालय सञ्चालन गर्न उपयुक्त समय नभएको तारकेश्वर नगरपालिका भित्रकै केही जनप्रतिनिधिहरुले विरोध जनाइरहेका पनि छन् । विद्यार्थीहरु विद्यालय जान हतार भएर बसेका छन्, अभिभावकहरु कहिले आफ्ना नानीबाबु विद्यालय पठाउने भन्नेमा छन् । काठमााडौंमा कोरोना संक्रमण बडेपनि तारकेश्वर नगरपालिकाले पछिल्लो समय पिसिआर परिक्षण एकजनालाई पनि गर्न सकेको छैन । नगरपालिकाले यत्रो महामारीमा एउटा पनि आइसोलेसन वार्ड र क्वारेन्टिन बनाउन सकेन । आजसम्मको कोरोना संक्रमितको पछिल्लो अपडेटअनुसार २०५४ भन्दा बढि संक्रमित भइसकेका छन् । जसमा ६ जनाले कोरोना देखिएर मृत्यु भएका छन् । यो ९ महिनामा महामारी नियन्त्रणका लागि नगर स्वास्थ्य साखाले देखिने काम नै केही गर्न सकेन । जनचेतनामुलक कार्यक्रम, घरदैलो कार्यक्रम र पर्चा वितरण जस्ता कार्यक्रमलाई समेत जनताको घर–घरमा लगिएन । 
यतिबेला समुदायस्तरमा कोरोना संक्रमण फैलिएको हुँदा बच्चादेखि बृद्धसम्म कोरोनाबाट जोगिन सन्देशमुलक  कार्यक्रम गर्न आवश्यक छ । सामाजिक दुरी कायम गराउने र जनचेतनामुलक कार्यक्रम समेत गर्न नसकेको नगर स्वास्थ्य साखाबाट तारकेश्वरमा कोरोना संक्रमण घटाउने  प्रयास गरेको देखिएन । राज्यले विपदको अवस्थामा काम गरेवापत सेवा सुविधामा वृद्धि र भत्ताको व्यवस्था गरेपनि तारकेश्वर नगर स्वास्थ्य साखाले संकटको बेलामा पनि काम गर्न सकेन । स्थानीय सरकार र राज्यको आस गर्ने होइन, अब नागरिक नै सचेत हुन आवश्यक छ । विद्यालय सञ्चालनका लागि विद्यालय सञ्चालक जिम्मेवार बनेर शिक्षकहरुलाई जिम्मेवार बनाएर विद्यालयमा पहिला ठूला कक्षा सञ्चालन गर्दै विस्तारै साना कक्षाहरु सञ्चालन गर्नेतिर विद्यालय र नगर शिक्षा साखाले पहल कदमी गर्न आवश्यक छ । पैसा असुल्नका लागि मात्र नीजि विद्यालय हतारिएर पनि हुँदैन । जनताका छोराछोरीलाई सुरक्षित बनाउने दिशामा विद्यालयहरुले योजना बनाउन आवश्यक छ । विद्यार्थीहरुमा कोरोना संक्रमित देखिएमा तत्काल सो विद्यालय नै जिम्मेवार बनेर विद्यार्थीहरुको स्वास्थ्य अवस्था सुरक्षित बनाउने संकल्प लिनु आवश्यक छ । सामुदायिक विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य अवस्था सुरक्षित बनाउन नगर स्वास्थ्य साखाले दैनिक रुपमा जनचेतनामुलक कार्यक्रम सबै सामुदायिक विद्यालयमा १ जना स्टाफ नै पठाएर दैनिक एउटा खुल्ला क्लास नै दिन आवश्यक छ । स्वास्थ्यका कर्मचारीले भ्याएसम्म संस्थागत विद्यालयमा पनि नगर स्वास्थ्य साखाका स्वास्थ्य कर्मचारीहरुबाट दैनिक १ पिरिएड कोरोना महामारीबारे शिक्षा दिन आवश्यक छ ।
कोरोना महामारी नियन्त्रण नभएपनि जनताहरु विवाह, ब्रतबन्ध जस्ता महोत्सवहरु धुमधामका साथ मनाउन थालिसकेका छन् । सरकारले शिक्षा, उद्योग÷व्यवसाय क्षेत्रलाई बन्द गरेर कोरोना नियन्त्रण गर्छुभन्नु बालुवामा पानी हाल्नु सरह हो । कोरोना नियन्त्रणमा बाह्य राष्ट्रहरुले गरेको अनुसन्धानलाई हेर्ने हो भने व्यापक रूपमा जनचेतनामुलक कार्यक्रम गरेर सामाजिक दुरी अपनाई व्यवसायहरुलाई सञ्चालन गरेर आर्थिक अवस्थालाई जोगाएको देखिन्छ । तारकेश्वरमा कोरोना संक्रमण नियन्त्रण गर्न नगर स्वास्थ्यका करिव १०० कर्मचारीहरुले तारकेश्वर बासीको प्रत्येकको घरदैलोमा गएर सामाजिक दुरी र भिडभाडमा नजान विद्यार्थी र बुढापाकाहरुलाई विशेष कक्षा सञ्चालन गर्नुपर्छ । नेपालजस्तो देशमा बन्द गर्नु बाध्यता हो तर यो समाधानको निकास हुँदै होइन । त्यसकारण अब बन्द गरेर होइन समस्यासँग लड्दै अघि बढ्नुको विकल्प छैन ।
निजोड
कोरोना भाइरसको औषधि नबनिसकेको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर सामाजिक दूरी कायम गर्दै विद्यालय सञ्चालन गर्न आवश्यक छ । सामुदायिक विद्यालयहरुको सरसफाईमा ध्यान दिने, कक्षा÷कोठाहरुमा सफा÷सुग्गर÷उज्यालो र चिसो हुन नदिई आवश्यकताअनुसार हिटरको व्यवस्था गर्ने । दैनिक कक्षाकोठाहरुमा सेनिटाइज गर्ने । प्रत्येक कक्षामा तातोपानीको अनिवार्य व्यवस्था गर्ने । एउटा बेन्चमा २ देखि ३ जनामात्र राख्ने । विद्यार्थीहरुलाई न्यानो कपडा लगाउन अनिवार्य गर्ने । दैनिक १५ मिनेट भएपनि योगाभ्यास गराउने । विद्यार्थीलाई अनिवार्य रुपमा खानेपानी र खाजा घरबाटै लैजाने व्यवस्था गर्ने, माक्स लगाएर मात्र कक्षा कोठामा प्रवेश गराउने । नाचगान, खेलकुद जस्ता अतिरिक्त क्रियाकलाप नगर्ने । भिडभाड भएर नहिँड्ने, समूहमा नबस्नेजस्ता मापदण्डहरु पुरा गर्न विद्यालय र अभिभावकले जिम्मेवारीपूर्वक भूमिका निभाउन आवश्यक छ । संस्थागत विद्यालयहरुले शुल्क अशुल्नका लागि अत्यधिक मात्रामा विद्यार्थी भर्ना नगर्ने, स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गराउने । सबै मापदण्डहरु पालना गर्दापनि विद्यार्थीमा कोरोना भाइरस देखिएमा तत्कालै स्थानीय सरकारले स्वास्थ्य उपचारको लागि अस्पतालको व्यवस्था गर्ने । तर स्थानीय सरकारले जोखिम मोल्न डराएर, आफ्नो कर्तव्यबाट विचलित भएर विद्यालय बन्द गराइराख्नु हुन्न । स्थानीय सरकारले दैनिक विद्यालयहरुको अनुगमन गर्न आवश्यक छ । तारकेश्वरमा प्रत्येक जनप्रतिनिधिले एक विद्यालयको निरिक्षण दैनिक गर्न सक्ने अवस्था छ । संकटको बेलामा सबैभन्दा सक्रियतापूर्वक स्थानीय सरकारले देखाउनैपर्छ । समस्या आउने वित्तिकै समाधान गर्न सकिदैन भनेर पछि हट्नु, कर्तव्यबाट भाग्न खोज्नु भनेको जनप्रतिनिधिहरुले जिम्मेवारवोध गर्न नसक्नु हो । नगर शिक्षा साखाले विद्यालयहरुले नगरको मापदण्डलाई पूर्ण कार्यान्वयन गरे÷नगरेको निरिक्षण गर्न आवश्य छ । अन्तमा तारकेश्वरमा विद्यालय सञ्चालन गर्न सकिन्छ । स्वास्थ्यको मापदण्ड र सामाजिक दूरी कायम गराउन स्थानीय जनप्रतिनिधि, नगर शिक्षा साखा, नगर स्वास्थ्य साखा, विद्यालय, शिक्षक र अभिभावक र व्यवस्थापन समिति सहितको एउटा समिति बन्न आवश्यक छ । त्यो समितिले दैनिक विद्यालयको निरिक्षण र पढाईको वातावरण बनाउन उक्त टिमले काम गर्न सकेको खण्डमा विद्यालय पूर्ण रूपमा सञ्चालन गर्न सकिन्छ । स्थानीय सरकारको हातमा विद्यालय खोल्न सक्ने अधिकार शिक्षा मन्त्रालयबाट पाउँदा पनि आफ्ना विद्यालयहरुलाई खोल्न नसक्नु कमजोरी र दुखद कुरा हो । हप्तामा ३ दिनमात्र भएपनि २ वा ३ सिफ्ट बनाएर विद्यालय सञ्चालन गर्नैपर्छ । समस्या आउँदा स्थानीय सरकारले काम गर्ने अवसरका रुपमा लिनुपर्छ । जनप्रतिनिधिहरूले दृढ संकल्पका साथ निरासाजनक कुरा नगरेर बरु सकारात्मक ढंगले सोचेर आफ्ना मातहतका विद्यालयहरुलाई निर्देशन र सहयोग गर्ने अवसर गुमाउनुहुन्न । 
 
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू