Previous Version
Sunday, Jan 17, 2021  |  आईतवार, ४ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३१ खर्ब सीमामा निरन्तर किचलो : ढलेका स्तम्भ उस्तै तत्कालीन प्रम कोइरालालाई जस्तो विघटन अधिकार वर्तमान प्रमलाई नभएको जिकिर ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल रु ७०० ले ओरालो लाग्यो पहेंलो धातु मौसम सफा हुन अझै केही दिन लाग्ने एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’ चिसोले जनजीवन कष्टकर नुवाकोटको शिवपुरीमा काँग्रेसको बिरोध प्रर्दशन, बिरोध संगै चुनावको तयारीमा जुटन नेताहरुलाई सुझाब सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन गृहसचिवको निर्देशन प्रतिनिधिसभा विघटन मुद्दा : आइतबार (आज) सुनुवाइ जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा

गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ

शुक्रबार, १२ मंसिर २०७७, सगरमाथा पोष्ट.
गाईघाट, पाँच दिनअघि उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट गराउने दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । बम विस्फोट गराएको अभियोगमा पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र अर्का ताप्ली–१ ओख्लेका ३५ वर्षीय रितु विक रहेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले बताउनुभयो । विक नेत्रविक्रम चन्द समूहका उदयपुर जिल्ला सदस्य र देवकोटा उक्त समूहका जिल्ला सल्लाहकार तथा जिल्लाकै लिम्चुङबुङ गाउँपालिकाको इन्चार्ज रहेको खुल्न आएको उदयपुर प्रहरीले बताएको छ । पाँच दिनअघि रातिको समयमा ताप्ली गाउँपालिकाको कार्यलयभित्र प्रमुख प्रशासकीय अधिकृत, कार्यकारी अधिकृत र उपाध्यक्षको कार्यकक्षमा अभियुक्तले दुईवटा सुतली बम राखेको प्रहरीले बताएको छ । बम विस्फोट गराउनेहरुको गोप्य सूचनाका आधारमा र प्रहरीको गहिरो अनुसन्धानपछि इलाका प्रहरी कार्यालय कटारीको टोलीले उनीहरुकै गाउँबाट दुई जनालाई पक्राउ गरी थप अनुुसन्धान शुरु गरिएको उदयपुर प्रहरी प्रमुख दाहालले बताउनुभयो । बालिका यौन दुव्र्यवहार कसुरमा तीन महिना जेल जिल्ला अदालत उदयपुरले १३ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको कसुरमा एक किशोरलाई बिहीबार तीन महिनाको जेल सजायसहित रु १० हजार जरिवाना गर्ने पैmसला गरेको छ । बालिकालाई यौन दुव्र्यवहार गरेको कसुरमा तीन महिना जेल सजाय पाउने कसुरदार किशोर जिल्लाकै लिम्चुङबुङ गाउँपालिका–२ ताम्लीछाका १८ वर्षीय अभिषेक खत्री रहेको जिल्ला अदालत उदयपुरका स्रेस्तेदार धनबहादुर कार्कीले बताउनुभयो । खत्रीले गत वैशाख ३० गते स्थानीय १३ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेका थिए । पीडित बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएपछि खत्रीलाई जेठ ८ गते पक्राउ गरेर अनुसन्धान शुरु गरिएको थियो । थुनछेक बहसमा अदालतले खत्रीलाई धरौटीमा छाडेको अदालतले बताएको छ । बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले खत्रीलाई बालिकालाई यौन दुव्र्यवहार गरेको कसुर ठहर गर्दै तीन महिना जेल र रु १० हजार जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार कार्कीले बताउनुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू