Previous Version
Sunday, Jan 17, 2021  |  आईतवार, ४ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३१ खर्ब सीमामा निरन्तर किचलो : ढलेका स्तम्भ उस्तै तत्कालीन प्रम कोइरालालाई जस्तो विघटन अधिकार वर्तमान प्रमलाई नभएको जिकिर ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल रु ७०० ले ओरालो लाग्यो पहेंलो धातु मौसम सफा हुन अझै केही दिन लाग्ने एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’ चिसोले जनजीवन कष्टकर नुवाकोटको शिवपुरीमा काँग्रेसको बिरोध प्रर्दशन, बिरोध संगै चुनावको तयारीमा जुटन नेताहरुलाई सुझाब सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन गृहसचिवको निर्देशन प्रतिनिधिसभा विघटन मुद्दा : आइतबार (आज) सुनुवाइ जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा

निर्माण उपकरणमा आगजनी गर्नेलाई कारवाहीको माग

बिहीवार, ११ मंसिर २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, नेपाल निर्माण व्यवसायी महासङ्घले भौतिक पूर्वाधार निर्माणमा सक्रिय निर्माण व्यवसायीलाई अज्ञात समूहबाट निरन्तर हतोत्साहित गर्ने गरी भइरहेका हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मङ्गलबार राति १०ः१५ बजे रोल्पा प्यूठान जोड्ने घोडाखोलाको पुल निर्माण आयोजना किनारामा पार्किङ गरी राखिएका स्क्याभेटरहरुमा आगजनी गरिएको महासङ्घले बुधबार निकालेको विज्ञप्तिमा उल्लेख छ । जलजला÷आँशु÷जय माँ निर्माण सेवाका सञ्चालक तथा महासङ्घका कार्यसमिति सदस्य बालाजु श्रेष्ठको स्क्याभेटरहरुमा अज्ञात समूहबाट आगजनी गरिएको महासङ्घले जनाएको छ । आगजनीबाट चार वटा स्क्याभेटर जलेर नष्ट भएको र बाँकी एउटामा आंशिक क्षति पुगेको महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रा १ क ३६७ नं को स्क्याभेटरमा आगजनी गरिँदा करोडांैको क्षति भएको महासङ्घले जनाएको छ । ती स्क्याभेटर कल्याणकोट—कालाकाटे गढ्वा सिक्टा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका थिए । उक्त सडक खण्डको निर्माण बज्रगुरु कान्छाराम कन्स्ट्रक्सन जेभीले गरिरहेको छ । निर्माण व्यवसायी र उनीहरुका उपकरणको सुरक्षालाई लिएर महासङ्घले पटक–पटक प्रधानमन्त्री, मन्त्री, सुरक्षा निकायका प्रमुखसहित सरोकार भएका सबैको ध्यानाकर्षण गराइरहँदासमेत अज्ञात समूहको हिंसात्मक गतिविधिमा कुनै कमी नआउनु ठूलो चिन्ताको विषय भएको महासङ्घको भनाइ छ । यस्तै सिलसिला जारी रहेमा देशभरका निर्माण ठप्प पारी महासङ्घ सशक्त आन्दोलनमा जान बाध्य हुने विज्ञप्तिमा उल्लेख छ । दोषीलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा सजाय दिन र सम्बन्धित निर्माण कम्पनीलाई क्षतिपूर्ति दिन महासङ्घले जोडदार माग गरेको छ । साथै देशभरका निर्माण व्यवसायी र उनीहरुका उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन महासङ्घले पुनः सरोकार भएका सबैको ध्यानाकर्षण गराएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू