Previous Version
Sunday, Jan 17, 2021  |  आईतवार, ४ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
सीमामा निरन्तर किचलो : ढलेका स्तम्भ उस्तै तत्कालीन प्रम कोइरालालाई जस्तो विघटन अधिकार वर्तमान प्रमलाई नभएको जिकिर ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल रु ७०० ले ओरालो लाग्यो पहेंलो धातु मौसम सफा हुन अझै केही दिन लाग्ने एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’ चिसोले जनजीवन कष्टकर नुवाकोटको शिवपुरीमा काँग्रेसको बिरोध प्रर्दशन, बिरोध संगै चुनावको तयारीमा जुटन नेताहरुलाई सुझाब सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन गृहसचिवको निर्देशन प्रतिनिधिसभा विघटन मुद्दा : आइतबार (आज) सुनुवाइ जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा आज मिति २०७७ साल माघ ४ गते आइतबार , जनवरी १७, तपाँईको आजको दिन कस्तो हुनेछ ?

बिरामी बोकेको पिकअप त्रिशूलीमा खस्दा तीन बेपत्ता

बिहीवार, ११ मंसिर २०७७, सगरमाथा पोष्ट.
चितवन , प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । साथै एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट लु१च ९७३१ नम्बरको गाडी आज बिहान ५ः३० बजे सडकबाट करिब ६० मिटर तल त्रिशूलीमा खसेको हो । त्रिशूलीमा खस्दा पिकअपमा सवार चारमध्ये एक जना घाइते भएका छन् भने अन्य तीन जना नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा प्युठान घर भएका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का रहेको प्रहरीले जनाएको छ । यस्तै बेपत्ता हुनेमा प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी, ३३ वर्षीया जमुना रोक्का र बिरामी १५ वर्षीया जिनिसा रोक्का रहेका छन् । घाइतेको उपचारका लागि भरतपुर अस्पताल पठाइएको र अन्यको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । त्रिशूलीमा खसेको पिकअप पानीले डुबेर नदेखिने अवस्थामा रहेको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू