Previous Version
Wednesday, Jan 20, 2021  |  बुद्धबार, ७ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
आज मिति २०७७ साल माघ ७ गते बुधबार , जनवरी २० , तपाँईको आजको दिन कस्तो हुनेछ ? बोलेरो दुर्घटनामा एकको मृत्यु, पाँच घाइते पहिचान नखुलेका शवको अभिलेख राख्न आग्रह निगमले पहिलोपटक मकाउमा उडान गर्दै प्रतिनिधिसभा विघटन मुद्दाः प्रमलाई सहयोग गरेका अवस्थामा विघटन गर्न नपाइने तर्क देशको अर्थतन्त्र उकास्न साढे छ खर्ब लाग्ने ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान धार्मिक पर्यटनको केन्द्र बन्दै ‘शान्तिधाम’ पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल घुरले ज्यान लिँदै प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर ललितपुर फुटबल सङ्घका अध्यक्षको निलम्बन फुकुवा ‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग ऐतिहासिक साङ्ला पोखरी निर्माण

घट्यो आयात, बढ्यो निर्यात

बुद्धबार, १० मंसिर २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा भने वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्याङ्कअनुसार १० प्रतिशत आयातमा कमी आउँदा १० प्रतिशतले नै निर्यातमा वृद्धि भएको हो । भन्सार विभागको तथ्याङ्कमध्ये चालू आवको पहिलो चार महिनाको अवधिमा रु चार खर्ब दुई अर्बको विदेशी वस्तुको आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १० दशमलव ६२ प्रतिशतले कमी हो । यसैगरी चार महिनाको अवधिमा रु ४० अर्ब २० करोडको वस्तु निर्यात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा १०.८१ प्रतिशतले बढी हो । तथ्याङ्कानुसार चार महिनाको अवधिमा रु चार खर्ब ४२ अर्ब ६९ करोडको वैदेशिक व्यापारबाट नेपालले रु तीन अर्ब ६२ करोड घाटा बेहोरेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १२.४९ प्रतिशत गिरावट हो । गत आवको सोही अवधिमा रु चार खर्ब ८६ अर्ब ५७ करोड बराबरको वैदेशिक व्यापार हुँदा रु चार खर्ब १४ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा थियो । गत आर्थिक वर्षको चैतदेखि घट्दो क्रममा रहेको नेपालको आयात व्यापार असोजमा एकै महिनामा रु एक खर्ब १३ अर्बको वस्तु आयात भएकोमा कात्तिक महिनामा पुनः घटेको भन्सारले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू