Previous Version
Wednesday, Jan 20, 2021  |  बुद्धबार, ७ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
बोलेरो दुर्घटनामा एकको मृत्यु, पाँच घाइते पहिचान नखुलेका शवको अभिलेख राख्न आग्रह निगमले पहिलोपटक मकाउमा उडान गर्दै प्रतिनिधिसभा विघटन मुद्दाः प्रमलाई सहयोग गरेका अवस्थामा विघटन गर्न नपाइने तर्क देशको अर्थतन्त्र उकास्न साढे छ खर्ब लाग्ने ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान धार्मिक पर्यटनको केन्द्र बन्दै ‘शान्तिधाम’ पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल घुरले ज्यान लिँदै प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर ललितपुर फुटबल सङ्घका अध्यक्षको निलम्बन फुकुवा ‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग ऐतिहासिक साङ्ला पोखरी निर्माण माघ १५ बाट सिमकोटका विद्यालय सञ्चालनमा आउने

पूर्वाधार विकास कार्यक्रम : सडक र कृषिलाई प्राथमिकता

बुद्धबार, १० मंसिर २०७७, सगरमाथा पोष्ट.
गण्डकी , गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २ प्रदेश (क) मा सडक र कृषिलाई प्राथमिकता दिँदै विकास योजनाका कार्यक्रम सार्वजनिक गरिएको छ । उक्त निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रत्यक्षतर्पmबाट निर्वाचित प्रदेशसभा सदस्य कृष्ण थापा र समानुपातिकतर्पmबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका उपसभामुखसमेत रहनुभएकी सिर्जना शर्माले मङ्गलबार एक कार्यक्रमका बीच विकास योजनाका कार्यक्रम सार्वजनिक गर्नुभयो । सार्वजनिक योजनाअनुसार सबैभन्दा बढी बजेट सडक पूर्वाधारका लागि विभिन्न वडाका नौ योजनाका लागि रु ९० लाख छुट्याइएको प्रदेशसभा सदस्य थापाले जानकारी दिनुभयो । त्यस्तै कृषिलाई प्राथमिकतामा राख्दै सुरौदीखोला सातसय फाँट सिँचाइ कुलो र शिवमन्दिरबाट होट फुवारीबाटेका निर्माणका लागि रु २५।२५ लाख छुट्याइएको छ । पोखरा महानगरपालिकाका पाँच वडा समेटिएको सो प्रदेश निर्वाचन क्षेत्रअन्तर्गत पोखरा–७ घारीपाटनमा बाटो निर्माणका लागि रु १५ लाख, वडा नं १५ एसओएस बालग्राम बहुदेश्यीय भवन निर्माणका लागि रु १५ लाख, पोखरा–१७ डेमसाइड पार्क फेवाताल छेउ तारबारका लागि रु १३ लाख, नमूना बाल केन्द्र भवन बाराहीटोल–१० दामोदार कुनामार्गका लागि रु १० लाख विनियोजन गरिएको छ । सो कार्यक्रमअन्तर्गतको रु दुई करोडका विभिन्न २५ वटा योजनामा विनियोजन रकममध्ये पोखरा–२१ सङ्गमचोक, महवारी जाने बाटो ढलानमा रु १० लाख, प्राथमिक स्वास्थ्यचौकी रु पाँच लाखलगायत आपतकालीन तारजाली खरिदका लागि रु पाँच लाख विनियोजन गरिएको छ । सार्वजनिक कार्यक्रममा प्रदेशसभा सदस्य थापाले घोषित कार्यक्रम सफलताका लागि सम्बन्धित स्थानका उपभोक्ता, जनप्रतिनिधि तथा सम्बद्ध सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । निर्वाचन क्षेत्रका सबै क्षेत्र वर्ग र समुदाय समेट्ने गरी योजना छनोट गरिएको बताउँदै उहाँले छनोट गरिएका योजना गुणस्तरीय एवं तोकिएको समयमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । “निर्वाचनका अवसरमा पार्टीको घोषणापत्रअनुसार जनतासँग गरिएका प्रतिबद्धताअनुसार ७० प्रतिशत कार्यसम्पन्न भएको छ”, उहाँले भन्नुभयो, “यस आर्थिक वर्षमा ३० प्रतिशत पूरा हुन्छ ।” कास्की जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीले छनोटमा परेका योजनाको पुस महिनासम्म सम्झौता गरी वैशाखसम्ममा निर्माण सम्पन्न हुने गरी कामलाई तीव्रता दिइनुपर्ने आवश्यकता औँल्याउनुभयो । नेकपा कास्कीका अध्यक्षसमेत रहनुभएका उहाँले विकास निर्माणमा तीन तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहने बताउनुभयो । नेकपा कास्की सचिवालय सदस्य युवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा पोखरा महानगरपालिकाका अध्यक्ष दीपक पौडेल, पोखरा–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य, कार्यपालिका सदस्य राधिका शाही योगीलगायतले जनअपेक्षाअनुरुप विकास निर्माणका योजना अघि बढाइनुपर्ने आवश्यकता औँल्याउनुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू