Previous Version
Saturday, May 15, 2021  |  शनिबार, १ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह आठ हजार सङ्क्रमित थपः निकोदर ७४ प्रतिशत भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता तारकेश्वर काँग्रेसले साङलाको आइसोलेसनका लागि अक्सीजन सिलिण्डर सहित डक्टरको व्यवस्था गर्ने नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय अक्सिजन अभावले वीरको नयाँ भवन सञ्चालनमा समस्या पिसिआर टेष्ट गरेर मात्र नेपाल जान कोलकाता महावाणिज्यदूतावासको आग्रह रातो मच्छिन्द्रनाथको रथ तानिँदै मनाङमा कोरोना सङ्क्रमितको उपचारमा समस्या समयमानै तयारी गर्न नसक्दा तोकिए भन्दा आधा कम बेड सहित तारकेश्वरको साङलामा आइसोलेसन सञ्चालन हुने हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर फौजीकिराले मकैबाली नष्ट सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा एमाले विवाद समाधान गर्न कार्यदल गठन गरिने

सशस्त्र प्रहरीमा पुस मसान्त सम्म एआइजी सहित २६ उच्च पदस्त अधिकृतले अवकास पाँउदै, को को बिदा हुंदैछन ?

शुक्रबार, ५ मंसिर २०७७, सगरमाथा पोष्ट.
काठमाण्डौं । मंसिर ५ । काठमाडौं । सशस्त्र प्रहरी बलमा पुस मसान्त सम्म एक एआइजी सहित २६ उच्चपदस्त प्रहरी अधिकृतहरुले अवकास पाउने भएका छन् । 
सशस्त्र प्रहरी बल स्थापनको समयमा नेपाल प्रहरीबाट आएका एआईजी नारायणबाबु थापाले पुस मसान्तदेखि अनिवार्य अवकाश पाउने भएका हुन । थापा सहित ३ एआइजी रहेको सशस्त्रमा उनले अवकाश पाएपछि दुई एआईजीको दरबन्दी मात्रै रहने छ । सशस्त्रमा थापा सहित नुवाकोटका एआइजीद्धय पुष्पराम केसी र रामशरण पौडेल रहेका थिए । 
नेपाली सेनाबाट सशस्त्रमा स्थानान्तरण भई कार्यरत ६ जना डीआईजीहरु नगेन्द्रकुमार थापा, कवीन्द्रमान श्रेष्ठ, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत र हरिश्चन्द्र अधिकारीले यही २७ मंसिरमा अनिवार्य अवकाश पाउँदै छन् ।डीआईजीहरूकै ब्याची एसएसपी राजेन्द्र शाक्यले पनि २७ मंसिरमै अनिवार्य अवकाश पाउँदै छन् ।
यस्तै, नेपाल प्रहरीबाट आएका असईका ब्याचीहरू हाल एसएसपीमा कार्यरत प्रेमराज पोखरेल, इन्द्रराज कार्की, शान्तिकुमार कार्की, जयबहादुर खड्का, नेत्रकुमार खत्री र प्रकाश श्रेष्ठले पनि पुस मसान्तका दिन अवकाश पाउँदै छन् । पोखरास्थित लामापाटन तालिम केन्द्रमा कार्यरत रहँदै कार्यालयभित्रै महिला बलात्कारको आरोप खेपेका राजेन्द्रकुमार अधिकारीले पनि त्यसै दिन अवकाश पाउँदै छन् । बलात्कारको आरोपलगत्तै अधिकारीलाई पदबाट निलम्बन गरिएको थियो । हाल उनी पुर्पक्षका लागि थुनामा छन् ।
यस्तै एसपीहरू प्रेमध्वज शाही, गाहारधन राई, सोमबहादर गुरुङ, राजु पाण्डे, समरबहादुर श्रेष्ठ, खेमबहादुर थापा, तुलसीराम दाहाल, रोशन श्रेष्ठ, नारायण श्रेष्ठ, वसन्तकुमार बोगटी र शरद न्यौपानेले पनि पुस मसान्तमा अनिवार्य अवकाश पाउने भएका छन् । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू