Previous Version
Saturday, May 15, 2021  |  शनिबार, १ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह आठ हजार सङ्क्रमित थपः निकोदर ७४ प्रतिशत भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता तारकेश्वर काँग्रेसले साङलाको आइसोलेसनका लागि अक्सीजन सिलिण्डर सहित डक्टरको व्यवस्था गर्ने नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय अक्सिजन अभावले वीरको नयाँ भवन सञ्चालनमा समस्या पिसिआर टेष्ट गरेर मात्र नेपाल जान कोलकाता महावाणिज्यदूतावासको आग्रह रातो मच्छिन्द्रनाथको रथ तानिँदै मनाङमा कोरोना सङ्क्रमितको उपचारमा समस्या समयमानै तयारी गर्न नसक्दा तोकिए भन्दा आधा कम बेड सहित तारकेश्वरको साङलामा आइसोलेसन सञ्चालन हुने हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर फौजीकिराले मकैबाली नष्ट सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा एमाले विवाद समाधान गर्न कार्यदल गठन गरिने

निजी क्षेत्रको मनोबल बढाउँछौं : अर्थमन्त्री

बुद्धबार, २६ कार्तिक २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्ने बताउनु भएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई सहयोग र प्रोत्साहन गरेर कोभिड–१९ले पारेको प्रतिकूलता न्यूनीकरण गर्दै अर्थतन्त्रको पुनः उत्थान गर्न सकिने बताउनुभयो । उहाँले त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । अर्थमन्त्री पौडेलले प्रतिकूलावस्थामा स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई विशेष ध्यान दिएर व्यापार, व्यवसाय र उद्योग चलाई अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । उहाँले बजेटमा उल्लेख गरिएका राहत र पुनरुत्थानका कार्यक्रमलाई सबैको साथ लिएर कार्यान्वयन गरिने पनि बताउनुभयो ।अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रका समस्या र कठिनाइलाई बुझ्ने र निजी क्षेत्रले सरकारको सीमा र भूमिकालाई बुझेर अघि बढ्दा धेरै समस्या समाधान सकिने धारणा व्यक्त गर्नुभयो । चेम्बरका अध्यक्ष श्रेष्ठले क्रयशक्ति बढाई आर्थिक क्षेत्रलाई चलायमान बनाउन तथा व्यापार र उद्योग क्षेत्रलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण तयार पार्न आग्रह गर्नुभयो । चेम्बरले अर्थमन्त्रीलाई २२ बुँदे सुझावसमेत दिएको छ । ---

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू