Previous Version
Tuesday, Nov 24, 2020  |  मंगलवार, ९ मंसिर २०७७   |  नेपाली समय लोड हुदैछ...
कास्कीमा सञ्चालित क्रसर उद्योग मापदण्डविपरीत मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेशनबीच सम्झौता घुन्साको विकासका लागि पूर्वाधार निर्माण गरिने छः प्रधानमन्त्री बूढानीलकण्ठमा एकादशी मेला नलाग्ने न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुने गरी काम गर्न प्रधानन्यायाधीशको आग्रह मङ्सिर ९ गते मंगलबार ,नोभेम्बर २४ तपाँईको आजको दिन कस्तो हुनेछ ? थप एक हजार ९८० जनामा कोरोना सङ्क्रमण राजश्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन दुई दिनकै कारोवार रकम झण्डै १२ अर्ब ‘सत्ता साझेदारीका विषयमा छलफल भएको छैन’ कर नतिर्ने व्यवसायीलाई व्याज मिनाहा वडासम्म इन्टरनेटको सहज पहुँच पु¥याउने काम प्राथमिकताका साथ अघि बढाइएको छः सञ्चारमन्त्री भारतीय विदेश सचिव आउँदै टोखाका कर्मचारी र जनप्रतिनिधिका कोरोना बीमा सभामुख सापकोटाबाट नवनिर्वाचित सांसद पाण्डेलाई शपथ

दुई हजार ८५६ जनामा सङ्क्रमण पुष्टि

आईतवार, ९ कार्तिक २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, पछिल्लो २४ घण्टामा दुई हजार ८५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बाह्र हजार ३११ नमूना परीक्षण गर्दा एक हजार ७८९ पुरुष र एक हजार ६७ महिलामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ९०६ पुरुष र ६२९ महिला गरी एक हजार ५३५ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ५८ हजार ८० पुगेको छ । प्रदेश नं १ मा ५३९, प्रदेश नं २ मा ५९, वाग्मतीमा एक हजार ८४९, गण्डकीमा १७८, लुम्बिनीमा १४६, कर्णालीमा नौ र सुदूपश्चिम प्रदेशमा ७६ जनामा सङ्क्रमण पुष्टि भएको छ । पैँतालीस हजार ५७२ सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २७७ को सघन उपचार कक्ष र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बितेको २४ घण्टामा तीन हजार ३३६ कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या एक लाख ११ हजार ६७० पुगेको छ जुन कुल सङ्क्रमितको ७०.६ प्रतिशत हो । झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी –बर्दघाट सुस्तापूर्व), दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने मुस्ताङमा छैनन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८४७ पुगेको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू