Previous Version
Thursday, Feb 25, 2021  |  बिहीवार, १३ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
फैसलाले मुलुकलाई सङ्कटबाट जोगायो : वरिष्ठ नेता पौडेल दृढताका साथ समृद्धिको यात्रामा अघि बढ्नेछु : प्रधानमन्त्री ॐ अस्पतालको मेडिकल डाइरेक्टरमा डा. हरिश जोशी नियुक्त नेपाल किराँत राई संघ केन्द्रीय समितिको तदर्थ समिति गठन, सभापतिमा धर्मराज राई महासंघ प्रतिनिधी मण्डल र श्रम मन्त्री बीच भेटवार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पार्नुभयो । ‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, कुनैपनि नयाँ प्रकारको शासन गर्ने वैद्यता नै छैन्’ ‘संवैधानिक नियुक्तीहरु सबै खारेज हुन्छन्’ खोप लगाउने सङ्ख्या लक्ष्यभन्दा आधा कम सुदूरपश्चिम प्रदेश : सरकार गठनको तीन वर्ष सभा छाडेर काठमाडौँ फर्कनुभयो अध्यक्षद्वय नेता गौतमद्वारा सचिवालय बैठक बोलाउन माग जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार : प्रधानमन्त्री प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला शेयर बजारमा करेक्सन, नेप्सेमा दोहोरो अङ्कको गिरावट डिजिटल अनुगमन प्रणाली : ढुृवानीमा कैफियत गर्नेलाई धमाधम समाइँदै

गलत सन्देश प्रवाह गरे कारवाही

बुद्धबार, ५ कार्तिक २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ , मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण तथा प्रवाह गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले सचेत रहन आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सूचना प्रवाह गर्नेलाई कारवाहीको व्यवस्था भएको जनाएको हो । केही दिनअघि विभिन्न व्यक्तिले कोरोना भाइरस सङ्क्रमणको दरमा वृद्धि भएको भन्दै दशैँमा कफ्र्यु र सङ्कटकालको घोषणाको तयारी भएको भन्दै सर्ट म्यासेज सर्भिस (मोबाइल एसएमएस) र सामाजिक सञ्जालमा सूचना फैलाएका थिए । गृह मन्त्रालयले नाम लिएर भ्रामक सूचना प्रवाह भएको भन्दै प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीलाई सचेत रहन निर्देशन दिएको हो । प्राधिकरणले सार्वजनिक गरेको सूचनामा भनिएको छ, “दूरसञ्चार ऐन, २०५३ को दफा (३) ले कुनै व्यक्तिले दूरसञ्चार सेवाको दुरुपयोग गरेमा, अनाधिकार प्रयोग गरेमा वा दूरसञ्चार सेवासँग सम्बन्धित कुनै सम्पत्ति हानी नोक्सानी गरेमा प्राधिकरणले त्यस्तो व्यक्तिबाट बिगो असुल गरी बिगोबमोजिम जरिवानासमेत गर्न सक्छ ।” । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू