Previous Version
Wednesday, Jul 28, 2021  |  बुद्धबार, १३ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
थप तीन हजार ८४० मा सङ्क्रमण पुष्टि एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब नाँघ्यो समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन सहयोगी : राष्ट्रपति क्रियाशील सदस्यताको विवाद मिलाउन समय थपः कांग्रेस मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने गठबन्धनको सहमति जनस्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्न निर्देशन महामारीमै भारत जानेहरु भन्छन्(‘रोगभन्दा भोकको चिन्ता भयो’ राजविराजमा बन्द रहेको पिसिआर परीक्षण पुनः सञ्चालन गुल्मीमा जीप दुर्घटना, तीनको मृत्यु, सात घाइते रोहिणी र चन्द्रमाको प्रेमकथा (पौराणिक कथा) -वत्सराज कोइराला अङ्ग्रेज सेनालाई परास्त गर्ने वीर योद्धाको शालिक अनावरण सङ्घीय र प्रदेश सांसद विकास कोषको योजना अनुगमन पाथेकाका वडा सदस्यसहित तीन पक्राउ राष्ट्रपति भण्डारीले युद्ध सङ्ग्रहालयको उद्घाटन गर्ने

सङ्घीय शिक्षा ऐन चाँडो ल्याउन माग

आईतवार, २ कार्तिक २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, नेपाल शिक्षक महासङ्घले संविधानबमोजिम सङ्घीय शिक्षा ऐन चाँडो ल्याउन आग्रह गरेको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौँ महानगर समितिले  भर्चुअरुपमा आयोजना गरेको ‘समसामयिक शैक्षिक सवालमा महासङ्घ तथा सङ्गठनको भूमिका विषयक’ अन्तक्र्रियामा महासङ्घका अध्यक्ष बाबुराम थापाले सरकारले सङ्घीय शिक्षा ऐन ल्याउन ढिलाइ गर्न नहुने बताउनुभएको हो । उहाँले शिक्षकहरुको पेशागत हकहितका लागि सरकारसँग विगतमा भएका सहमतिको पालना हुनुपर्नेमा पनि जोड दिनुभयो । सङ्गठनका राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्माले कोभिड १९ पछिको विषम स्थितिमा पनि आफूहरुले ‘ननिदाएका शिक्षकहरु’ जस्ता मौलिक कार्यक्रम सञ्चालन गर्नाका साथै विद्यार्थीलाई वैकल्पिक माध्यमबाट पठनपाठनमा दत्तचित्त भएर लागेको बताउनुभयो । महानगर समितिका अध्यक्ष डिल्ली शर्माले कोभिड १९ पछिको स्थितिमा शिक्षक सङ्गठनहरुले थप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । ---

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू