Previous Version
Tuesday, Nov 24, 2020  |  मंगलवार, ९ मंसिर २०७७   |  नेपाली समय लोड हुदैछ...
कास्कीमा सञ्चालित क्रसर उद्योग मापदण्डविपरीत मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेशनबीच सम्झौता घुन्साको विकासका लागि पूर्वाधार निर्माण गरिने छः प्रधानमन्त्री बूढानीलकण्ठमा एकादशी मेला नलाग्ने न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुने गरी काम गर्न प्रधानन्यायाधीशको आग्रह मङ्सिर ९ गते मंगलबार ,नोभेम्बर २४ तपाँईको आजको दिन कस्तो हुनेछ ? थप एक हजार ९८० जनामा कोरोना सङ्क्रमण राजश्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन दुई दिनकै कारोवार रकम झण्डै १२ अर्ब ‘सत्ता साझेदारीका विषयमा छलफल भएको छैन’ कर नतिर्ने व्यवसायीलाई व्याज मिनाहा वडासम्म इन्टरनेटको सहज पहुँच पु¥याउने काम प्राथमिकताका साथ अघि बढाइएको छः सञ्चारमन्त्री भारतीय विदेश सचिव आउँदै टोखाका कर्मचारी र जनप्रतिनिधिका कोरोना बीमा सभामुख सापकोटाबाट नवनिर्वाचित सांसद पाण्डेलाई शपथ

९८ फरार प्रतिवादी पक्राउ

सोमबार, २६ असोज २०७७, सगरमाथा पोष्ट.
बागलुङ, प्रहरीले अदालतको फरार सूचीमा रहेका प्रतिवादीको खोजी तीव्र पारेको छ । पछिल्लो तीन सातामा ९८ फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका चार सयभन्दा बढी अझै फरारको सूचीमा छन् । “विसं २०१२ सालमा फैसला भएका मुद्दा पनि छन्, कतिको त निधन पनि भइसकेको छ”, जिप्रकाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीले भन्नुभयो । उहाँले फरार प्रतिवादीको खोजीलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो । पहिले धरौटीमा छुटेपनि अदालतले अन्तिम फैसला गरेपछि प्रतिवादीहरु सम्पर्कमा नआइ लुकीछिपी बस्ने गरेको प्रहरीको भनाइ छ ।“जतिसुकै सानो भएपनि तोकिएको सजाय भोग्नैपर्छ, फरार प्रतिवादी आफै अदालतमा हाजिर भए प्रहरीले पक्रनै पर्दैन”, प्रनाउ रेग्मीले भन्नुभयो । न्यूनतम जरिवानादेखि कैद सजायसम्म पाएकाहरु पक्राउ पर्ने गरेका छन् । गत साता सरकारी छाप र कागजात दुरुपयोगको मुद्दामा ८३ वर्षीय फक्राउ परेका थिए । पक्राउ पर्नेमा अधिकांश सार्वजनिक मुद्दाका दोषी छन् । बाँकी लागूऔषध, सवारी ज्यान मुद्दा, कुटपिट, चोरीलगायतका घटनामा संलग्न रहेकाहरु छन् । प्रहरीले पक्राउ परेका फरार प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि तत्कालै जिल्ला अदालतमा उपस्थित गराउने गरेको छ । कैद सजाय तोकिएकालाई अदालतको आदेशले कारागार पठाउने गरिएको प्रहरीले जनाएको छ । अन्य प्रतिवादी भने कानूनी प्रकृया अनुसार तोकिएको सजाय भुक्तान गरी अदालतबाट छुट्ने गरेको प्रनाउ रेग्मीले बताउनुभयो । अदालतले कैद÷जरिवाना तोकेपनि सजाय भुक्तान नगरी घरमै लुकीछिपी बसेका बेला प्रतिवादीलाई पक्राउ गर्ने गरिएको उहाँको भनाइ छ । प्रहरीले फरार प्रतिवादीको खोजीसँगै चाडबाडलक्षित सुरक्षा प्रबन्धका लागि सक्रियता बढाएको छ । चाडबाडका बेला हुने चोरीलगायत गैरकानूनी गतिविधि रोक्न र समाजमा शान्ति कायम राख्न प्रहरीले थप सुरक्षा सतर्कता अपनाएको प्रनाउ रेग्मीले बताउनुभयो । प्रहरीले केही दिनअघि अवैध घरेलु मदिरा र गाँजासमेत नष्ट गरेको थियो । बजारमा चेकजाँच र गस्तीसमेत बढाइएको प्रहरीले जनाएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू