Previous Version
Saturday, Jan 16, 2021  |  शनिबार, ३ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
कोरोना खोपलाई अनुमति प्रतिनिधिसभा विघटनको मुद्दाः टुङ्गियो क्षेत्राधिकार विवाद आयोगद्वारा मानव संसाधन नीति २०७७ स्वीकृत सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ संयुक्त आयोगको बैठक सम्पन्न आज मिति २०७७ साल माघ ३ गते शनिबार , जनवरी १६, तपाँईको आजको दिन कस्तो हुनेछ ? देशभरका थप २० स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण थप २७० मा कोरोना भाइरस सङ्क्रमण पुष्टि ‘नागरिक एप्स’ को प्रयोगबाट सुशासन वृद्धि हुनेछ : प्रम प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश कमलपोखरीमा सिमेन्ट र कङ्क्रिटको कमल बनाउन लागिएकामा आपत्ति ‘नागरिक एप’ शुभारम्भ जलविद्युत् लगानी कम्पनीद्वारा नौ वर्षमा रु. १० अर्ब ८८ करोड ऋण लगानी संविधानको व्याख्या संवैधानिक इजलासले गर्ने कानूनी व्यवस्था भएको जिकिर ‘बडघरका भलमन्सा’ चुन्ने चटारोमा थारु समुदाय विनय र विनिताको स्वरमा जुनि बिताउँला बजारमा

एशियन अनलाइन बुद्धिचालमा नेपालका १० खेलाडीले भाग लिने

शनिबार, १७ असोज २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, एशियन अनलाइन नेशन्स बुद्धिचाल कप, २०२० मा नेपालका १० खेलाडीले भाग लिने भएका छन् । नेपाल बुद्धिचाल सङ्घले उक्त प्रतियोगिताका लागि फिडे रेटिङ, राष्ट्रिय प्रतियोगिता तथा छनोटमार्फत पाँचपाँच पुरूष र महिला खेलाडी छनोट गरेको हो । छनोट हुनेमा पुरुषोत्तम चौलागाईँ, विवेक लामा, केशव श्रेष्ठ, सुमित पन्त, छितिज भण्डारी, सुजना लोहनी, इन्दिरा जोशी, अनिशा न्यौपाने, कृतिसारा अधिकारी र पुनम रपासैन छन् । छनोट खेलमा महिला तथा पुरुष गरी २९ खेलाडीले भाग लिएका थिए । एशियाली बुद्धिचाल महासङ्घले पहिलो पटक उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । एशियन अनलाइन नेशन्स बुद्धिचाल कप यही असोज २४ देखि आगामी कात्तिक ९ गतेसम्म चल्ने महासङ्घले जनाएको छ । उक्त प्रतियोगितामा नेपाली खेलाडीले भुटान, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स र श्रीलङ्काली खेलाडीसित प्रतिस्पर्धा गर्नेछन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू