Previous Version
Friday, Oct 23, 2020  |  शुक्रबार, ७ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
प्राधिकरणलाई मन्त्रीको निर्देशनः दशैंँका बेला कतै बत्ती ननिभोस् शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैः दशैँ चहलपहल शुरु मध्यपुरमा विवादः प्रशासकीय प्रमुखलाई फिर्ता गर्न मन्त्रालयमा पत्राचार मिति २०७७ साल कार्तिक ७ गते शुक्रबार, अक्टोबर २३ तारीख हेरौं राशिफल तीन मुलुकका लागि राजदूत नियुक्त भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव नेप्सेमा साढे आठ अङ्कले वृद्धि चैतयता छापियो १० लाख चालक अनुमतिपत्र साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था पचासी उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क रेडपाण्डाको छालासहित चार पक्राउ सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान

फोर्स कमाण्डरद्वारा नेपाली शान्ति सैनिकलाई सम्मानस्वरुप कदरपत्र

बिहीवार, १५ असोज २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ , सेन्टर अफ्रिकन रिपब्लिकमा परिचालित शान्ति सेनाका फोर्स कमाण्डर लेफ्टीनेन्ट जनरल डानिइल सिद्धिकी ट्राओरेले चूनौतिपूर्ण परिस्थितिमा नेपाली शान्ति सैनिकले प्रदर्शन गरेको साहस उत्कृष्ट भनी प्रशंसा गर्नुभएको छ । प्रमुख सेनानी समुन्द्र थापाको नेतृत्वमा बटुकदल गणले गत फागुन, जेठ र भदौमा हतियार धारी समूह विरुद्ध सञ्चालन गरेको कारवाहीको सन्दर्भ उल्लेख गर्दै फोर्स कमाण्डर ट्राओरेले जनधनको क्षति रोक्न र सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति गर्न नेपाली शान्ति सैनिकले निर्वाह गरेको भूमिका सह्रानीय रहेको बताउनुभयो । उक्त मिशनमा तैनाथ नेपाली शान्ति सैनिकले अत्यन्त संवेदनशील क्षेत्रमा तैनाथ भई जटिल एवं चूनौतिपूर्ण परिस्थितिमा पु¥याएको समष्टिगत अतुलनीय योगदानको कदर गर्दै फोर्स कमाण्डरले सम्मानस्वरुप कदरपत्र प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । उक्त गणले सञ्चालन गरेको कारवाहीमा मुख्य नेतासहित ९ विद्रोहीलाई हातहतियारसहित पक्राउ गरेको थियो । विद्रोहीलाई पक्राउ गरेपछि उक्त क्षेत्रमा जातीय हिँसा नियन्त्रणमा आएपछि उक्त उपलब्धीको स्थानीय, सरकारी निकाय र मिसन मुख्यालयले प्रशंसा गरेको थियो । कदरपत्र प्रदान गर्दै फोर्स कमाण्डर ट्राओरेले भन्नुभएकोछ, “जीउज्यानको पर्वाह नगरी नेपाली शान्ति सैनिकले देखाएको त्याग र समर्पणले पेशागत दक्षता प्रर्दशीत गर्छ । यसबाट द्वन्द्वग्रस्त मुलुकमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न मद्दत पुग्ने छ ।” –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू