Previous Version
Tuesday, Oct 20, 2020  |  मंगलवार, ४ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
लक्षित वर्गलाई मात्र कोभिड–१९ को निःशुल्क उपचार नेपाल र चीनबीचको सहकार्यले आर्थिक विकासमा रुपान्तरण गर्नेछ : राष्ट्रपति नेप्सेमा दोहोरो अङ्कको वृद्धि सघन कक्षमा शय्या खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित सरकारलाई मानव अधिकार आयोगको आग्रह चाडपर्व स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह वाग्मती प्रदेशको चाडपर्व लक्षित सुरक्षा योजना दशैंँमा बैंक नखुल्ने बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते महँगो भएपछि च्याङ्ग्राको व्यापार ह्रास आफ्नै काकाको हत्या गरी फरार अभियुक्त पक्राउ नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै चाडबाडमा कोरोनाको जोखिम बढ्न सक्नेतर्फ सचेत हुन गृहको निर्देशन प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी प्रम र मन्त्रीको दशैंँखर्च कोरोना उपचार कोषमा जम्मा गरिने

स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध

सोमबार, १२ असोज २०७७, सगरमाथा पोष्ट.
औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ वटा ह्यान्ड स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ । विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानीटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन मिथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको हो । भारतीय कम्पनी सिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रबमा ६२ प्रतिशत मिथानोल, आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रिज पर्साको रिप्याक गरिएका कुम ह्याण्ड स्यानिटाइजर र क्लिन ह्याण्ड स्यानिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मिथानोल र इथानोलको मिसावट रहेका पाइएको जनाइएको छ । यसैगरी ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडांँैको साधना इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजका ड्रोन ह्याण्ड स्यानिटाइजर (पहेंँलो रङ्गको) र रङ्गबिनाका दुई स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिबन्ध गरिएका उद्योग तथा कम्पनीका उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्दै तत्काल बजारमा बिक्री वितरणमा रोक लगाउन र बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ । यसअघि विभागले गुणस्तरहीन भएको भन्दै भारत, चीन तथा नेपाली उद्योगले उत्पादन गरेका नौ वटा स्यानिटाइजरमा प्रतिबन्ध लगाइसकेको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू