Previous Version
Tuesday, Oct 20, 2020  |  मंगलवार, ४ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
लक्षित वर्गलाई मात्र कोभिड–१९ को निःशुल्क उपचार नेपाल र चीनबीचको सहकार्यले आर्थिक विकासमा रुपान्तरण गर्नेछ : राष्ट्रपति नेप्सेमा दोहोरो अङ्कको वृद्धि सघन कक्षमा शय्या खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित सरकारलाई मानव अधिकार आयोगको आग्रह चाडपर्व स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह वाग्मती प्रदेशको चाडपर्व लक्षित सुरक्षा योजना दशैंँमा बैंक नखुल्ने बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते महँगो भएपछि च्याङ्ग्राको व्यापार ह्रास आफ्नै काकाको हत्या गरी फरार अभियुक्त पक्राउ नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै चाडबाडमा कोरोनाको जोखिम बढ्न सक्नेतर्फ सचेत हुन गृहको निर्देशन प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी प्रम र मन्त्रीको दशैंँखर्च कोरोना उपचार कोषमा जम्मा गरिने

सप्तकोसीको बजेट झन्डै ४७ करोड

बिहीवार, ८ असोज २०७७, सगरमाथा पोष्ट.
सप्तरी, सप्तरीको सप्तकोसी नगरपालिकाले बुधबार रु ४६ करोड ८१ लाख ६७ हजार ४७० बराबरको वार्षिक बजेट पारित गर्दै पाँचौँ नगरसभा सम्पन्न गरेको छ । नगर प्रमुख उत्तमकुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख आशा चौधरीले सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट पारित गर्दै नगर सभासम्पन्न भएको हो । नगरसभाको उद्घाटनमा प्रदेश नं २ का प्रदेश सभासदस्य सत्यनारायण मण्डलले देशमा व्यवस्था फेरिए पनि मानिसको सोचमा परिवर्तन नभएको बताउनुभयो । नयाँ प्रणालीमा देश गए अनुसार जनताको चाहना पनि फेरिनु पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा जेष्ठ नागरिक मुरारी कार्कीले जनप्रतिनिधीबाट पारित योजना अक्षरस पालना हुनुपर्ने बताउनुभयो । नेपाल किसान सङ्घका केन्द्रीय सदस्य पुष्प बस्नेतले स्थानीय स्तरमा सञ्चालन भएका उद्योग सञ्चालनमा टेवा पु¥याउन र किसानको समस्यालाई सम्बोधन गर्न वरिपरी भएका जडिबुटी सङ्कलन गरी आयआर्जनलाई अगाडी बढाउन नगरपालिकालाई सुझाव दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू