Previous Version
Saturday, Jan 16, 2021  |  शनिबार, ३ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
कोरोना खोपलाई अनुमति प्रतिनिधिसभा विघटनको मुद्दाः टुङ्गियो क्षेत्राधिकार विवाद आयोगद्वारा मानव संसाधन नीति २०७७ स्वीकृत सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ संयुक्त आयोगको बैठक सम्पन्न आज मिति २०७७ साल माघ ३ गते शनिबार , जनवरी १६, तपाँईको आजको दिन कस्तो हुनेछ ? देशभरका थप २० स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण थप २७० मा कोरोना भाइरस सङ्क्रमण पुष्टि ‘नागरिक एप्स’ को प्रयोगबाट सुशासन वृद्धि हुनेछ : प्रम प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश कमलपोखरीमा सिमेन्ट र कङ्क्रिटको कमल बनाउन लागिएकामा आपत्ति ‘नागरिक एप’ शुभारम्भ जलविद्युत् लगानी कम्पनीद्वारा नौ वर्षमा रु. १० अर्ब ८८ करोड ऋण लगानी संविधानको व्याख्या संवैधानिक इजलासले गर्ने कानूनी व्यवस्था भएको जिकिर ‘बडघरका भलमन्सा’ चुन्ने चटारोमा थारु समुदाय विनय र विनिताको स्वरमा जुनि बिताउँला बजारमा

‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिता हुने

बुद्धबार, ७ असोज २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले आफ्नो २४औँ स्थापना दिवसका अवसरमा ‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिता गर्ने भएको छ । कोभिड–१९ सँगै सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनको अवधिमा खिचिएका तस्वीरलाई समेटेर प्रतियोतिताको आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी हुनका लागि २०७६ चैत ११ गतेदेखि २०७७ भदौ मसान्तसम्म खिचिएका लकडाउनसम्बन्धी फोटो समावेश गर्न पाइने व्यवस्था छ । लकडाउनको अवधिमा आम मानिसले आफ्नो दैनिक गुजारा गर्न गरेको सङ्घर्ष, माहामारीपछि बच्न परिवर्तन गरेको आनीबानी, व्यवहार र लकडाउनमा नेपाल कस्तो थियो, नेपालीले कस्ता चुनौतीको सामना गर्नुप¥यो, दैनिक जीवन, प्रकृति, पर्यावरणलगायतमा परेको प्रभावलाई समेट्ने फोटो सो प्रतियोतिामा समावेश गर्ने उेद्दश्य रहेको अध्यक्ष राजेन्द्र चित्रकारले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागीले बढीमा तीन फोटो समावेश गर्न सक्ने व्यवस्था मिलाइएको छ । प्रतियोतिमा आएका उत्कृष्ट १० फोटो छनोट गरिने छ । प्रत्येक उत्कृष्ट १० विजेता फोटो पत्रकार तथा फोटोग्राफरलाई जनही रु १० हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्ने अध्यक्ष चित्रकारले जानकारी दिनुभयो । तस्वीर एनएफपिजेको आधिकारिक इमेलमा पठाउनुपर्ने छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू