Previous Version
Sunday, Nov 01, 2020  |  आईतवार, १६ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ मिति २०७७ साल कार्तिक १६ गते आइतबार, नोभेम्बर १ तारीख हेरौं राशिफल सार्वजनिक सवारीमा भाडादर नटाँसे कारबाही सङ्क्रमण निको हुने दर ७६ दशमलव ९ प्रतिशत सिरहामा दलित महिला माथी जबर्जस्ती कुटपिट तथा अभद्र व्यबहार पृथ्वी र मेचुको आवाजमा ‘मलमल कुर्तावाली’ सार्वजनिक वैकल्पिक विधिमा सबै विद्यार्थीलाई समेट्न गाह्रो तिहारमा भारतबाट फूल नल्याइने सुक्खा बन्दगाह निर्माण कार्य युद्धस्तरमा अगाडि बढाउँछौँ : मन्त्री भट्ट जंगलमा युवक र युवतीको सब फेला जिल्ला अस्पतालमा आइसियु र भेन्टिलेटर जडान गरिँदै देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग विश्व शहर दिवस मनाइँदै धार्मिक र पुरातात्विक महत्वका मन्दिर निर्माण गर्दै वैत्यश्वर आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाःसौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति

नवनिर्वाचीत किवानीज नेपाल डिस्ट्रीकका गर्भनर लम्साललाई नाटोजद्धारा बधाई र सम्मान

सोमबार, ५ असोज २०७७, सगरमाथा पोष्ट.
काठमाण्डौं । असोज ५ । अन्तराष्ट्रिय परोपकारी संस्था किवानिज इन्टरनेशनल नेपाल डिस्ट्रिक गभर्नरमा हालै निर्वाचीत बरिष्ठ पर्यटन व्यवसायी मोहन लम्साललाई नेपाल पर्यटन पत्रकार संघ (नाटोज) ले बधाई तथा सुभकामना दिएको छ ।
नेपाल पर्यटन पत्रकार संघ (नाटोज)का सल्लाहकार रहेका लम्साललाई आइतबार साँझ नाटोजले विशेष कार्यक्रम आयोजना गरी बधाई र सुभकामना दिएको छ ।
नेपालमा किवानीज इन्टरनेश्नललाई क्लबको रुपमा भित्र्याउन महत्वपुर्ण भुमिका खेलेका पर्यटन व्यवसायी लम्साल १ बर्षे कार्यकालको लागि निर्वाचीत भएपनि आगामी अक्टोबर १ मा पदभार ग्रहण गर्नेछन् । १०५ बर्ष पुरानो परोपकारी संस्था किवानिज इन्टरनेश्नल ४ बर्ष अघि मात्र नेपालमा विधिवत रुपमा दर्ता भएको हो । गतबर्ष मात्र नेपाल डिस्ट्रीकको मान्यता पाएको किवानीज इन्टरनेश्नल नेपालका लम्साल दोश्रो डिस्ट्रक गर्भनर हुन् । 

कोरोनाका कारण सिमित पर्यटन व्यवसायी र पत्रकारहरुको उपस्थीतमा भएको कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका सञ्चालक सदस्य दिपक महतले नवनिर्वाचीत अध्यक्ष लम्साललाई बधाई दिंदै किवानीज अन्य संस्था भन्दा बिशिष्ट उदेश्य भएको संस्था भएकाले आफुपनी किवानीजमा आवद्ध हुने प्रतिबद्धता व्यक्त गरे । म धेरै संघ संस्थामा आबद्ध छु तर ति संस्था भन्दा किवानीज निकै फरक र विशिष उदेश्यको संस्था हो महतले भने “अरु संस्थाले माछा मारेर मानिसलाई बाँडे भने किवानीजले बल्छी हान्न सिकाएर संधै माछा खान उत्प्रेरणा गर्दछ अरु भन्दा यस कारणले किवानीज मलाई ठिक लाग्यो”
उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पर्यटन अभियन्ता रामशरण थपलियाले गर्भनरमा निर्वाचीत भएर पर्यटन व्यवसायी लम्सालले नयाँ इतिहाँस रचेको बताँउदै किवानीजलाई नेपालमा विधिवत रुपमा ल्याउन आफुले पनि निकै मेहनत गरेको स्मरण गरे । 

नवनिर्वाचित गभर्नर लम्सालले स्वयंसेवाको क्षेत्रमा किवानिजलाई थप गतिशीलता प्रदान गरी आफ्नो कार्यकालमा बालबालिका लक्षित स्वास्थ्य शिविरहरु सञ्चालनका साथै बालबालिकाका लागि अस्पताल निर्माणसम्मको लक्ष्य लिइएको बताए ।
लम्सालले शिक्षा स्वास्थ्यको अवसरबाट बञ्चित दूर्गम क्षेत्रका बालबालिकाको सहयोग तथा विभिन्न विपद्का अवस्थामा सहयोग जुटाउन संस्थाले स्वयंसेवीका रुपमा थप सहयोग गर्ने बताए दिए ।
कार्यक्रममा नेपाल पर्यटन पत्रकार संघ (नाटोज)का अध्यक्ष शिव अधिकारी अविरलले नाटोजका सल्लाहकार अन्तराष्ट्रिय संस्था किवानीजको नेपाल डिस्ट्रीक गर्भनर हुनु गौरबको बिषय रहेको बताँउदै पर्यटन क्षेत्रका डाइनामीक लिडर लम्सालको नेतृत्व पाएकाले किवानीजले थप गतिशिलता लिनेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने, पर्यटन व्यवसायीहरु कमल लम्साल, दवाङ तामाङ, बरिष्ठ पत्रकार राजु सिलवाल, मेघा टिभिका अध्यक्ष बद्री पोख्रेल लगायतले लम्सालको प्रशंसा गर्दै बधाईसँगै सफल कार्यकालको शुभकामना दिए ।
No photo description available.

के हो किवानीज ?
विशेषगरी बालबालिकाको शिक्षा, स्वास्थ्य र सरसफाइका क्षेत्रमा काम गर्ने किवानिज इन्टरनेसनल १ सय ५ वर्षअघि अमेरिकाको मिसिगनबाट स्वयंसेवा सुरु गरेको हो । किवानिज इन्टरनेसनल विश्वकै पहिलो ग्लोबल भोलन्टरिङ अर्गनाइजेसन पनि हो । संसारभर किवानिजका ६ लाखभन्दा बढी स्ययंसेवी छन् । हाल ८७ देशमा आफ्नो सञ्जाल विस्तार गरेको छ । किवानिज इन्टरनेसमा विश्वभरका आबद्ध ५० डिस्ट्रिक्ट छन् । नेपाल के–६९ डिस्ट्रिक्टमा पर्छ । लम्साल यसै डिस्ट्रिक्टका गभर्नर भएका हुन् । 
नेपालमा सन् २०१५ मा किवानीज इन्टरनेसनल विधिवत् दर्ता भएको थियो । चार वर्षको अवधिमा संस्थाले ग्रामीण क्षेत्रका विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरणदेखि विद्यालय भवनको पुनर्निर्माणसम्मका काम गरेको छ । सरकारसँगको सहकार्यमा चलेको गलगाँड उन्मूलन कार्यक्रम अन्तर्गत संस्थाले आयो नुन वितरणको सहयोग गरेको जनाइएएको छ । अहिले संस्थाले युनिसेफसँगको सहकार्यमा मातृशिशु स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको छ । किवानिज इन्टरनेसनल युनिसेफलाई ठूलो धनराशि सहयोग गर्ने ‘फण्डरेजर’मध्ये एक हो । विश्वभर युनिसेफका थुप्रै कार्यक्रमहरुमा सस्थाले आर्थिक सहयोग जुटाउँदै आएको छ ।
गरिब बालबालिकाका लागि छात्रवृत्ति तथा उपचारमा सहयोग गर्दै आएको संस्थाले पछिल्लोपटक नक्सालस्थित नन्दी रात्रि स्कुलमा अध्ययनरत श्रमिक, मजदुरका सन्तानलाई खाद्य सहयोग गरेको छ । यसअघि संस्थाले ब्लड क्यान्सर भएका एक बालकलाई भारत लगेर उपचार गराएको थियो ।
संस्थाले ‘आकस्मिक कोष’अन्तर्गत गतवर्ष बाराको आँधीपीडितलाई १० लाख रुपैयाँ सहयोग गरेको किवानिजले अहिले सिन्धुपाल्चोकको पहिरोपीडितका लागि ५ हजार डलर पठाएको छ । त्यस्तै लमजुङ र बागलुङका बाढीपहिरोपीडितका लागि संस्थाबाट ५ हजार डलर सहयोग आएको जनाइएको छ ।
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू