Previous Version
Sunday, Nov 01, 2020  |  आईतवार, १६ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
मिति २०७७ साल कार्तिक १६ गते आइतबार, नोभेम्बर १ तारीख हेरौं राशिफल सार्वजनिक सवारीमा भाडादर नटाँसे कारबाही सङ्क्रमण निको हुने दर ७६ दशमलव ९ प्रतिशत सिरहामा दलित महिला माथी जबर्जस्ती कुटपिट तथा अभद्र व्यबहार पृथ्वी र मेचुको आवाजमा ‘मलमल कुर्तावाली’ सार्वजनिक वैकल्पिक विधिमा सबै विद्यार्थीलाई समेट्न गाह्रो तिहारमा भारतबाट फूल नल्याइने सुक्खा बन्दगाह निर्माण कार्य युद्धस्तरमा अगाडि बढाउँछौँ : मन्त्री भट्ट जंगलमा युवक र युवतीको सब फेला जिल्ला अस्पतालमा आइसियु र भेन्टिलेटर जडान गरिँदै देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग विश्व शहर दिवस मनाइँदै धार्मिक र पुरातात्विक महत्वका मन्दिर निर्माण गर्दै वैत्यश्वर आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाःसौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति मिति २०७७ साल कार्तिक १५ गते शनिबार, अक्टोबर ३१ तारीख हेरौं राशिफल

तनहुं प्रहरीको सक्रियता ,एकै दिन २५ सहित १३४ फरार अभियुक्तहरु पक्राउ

सोमबार, ५ असोज २०७७, सगरमाथा पोष्ट.
तनहुं । जिल्ला प्रहरी कार्यालय तनहुंको सक्रियतामा एकै दिन २५ फरार अभियुक्तहरु पक्राउ भएका छन् ।  जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ । 
जिल्ला अदालतबाट फैसला भई दण्डजरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेको व्यक्तिलाई प्रहरीले असारको दोस्रो सातादेखि खोजी कार्यलाई तीव्रता दिँदै आएपछि उनीहरु पक्राउ पर्न थालेका हुन् । गत असारमा नौ, साउनमा ४५, भदौमा ५४ र असोज चार गतेसम्म २६ गरी कूल १३४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । 
उहाँका अनुसार जरिवाना भुक्तान बाँकी रहेका व्यक्तिबाट हालसम्म रु २३ लाख १५ हजार ८५३ रकम सङ्कलन भएको छ । ठगी, चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान, लागुऔषध, बैंकिङ कसुर, किर्ते, वन, सार्वजानिक अपराध, तथा देवानीलगायत मुद्दामा  फरार रहेका व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । 

एकै दिन पक्राउ परे २५ जना 

तोकिएको कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका भानु नगरपालिका–१३ सम्जुरका ३० वर्षीय सुरेन्द्रकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । 

तनहुँ जिल्ला अदालतले विसं ०७३ चैत १७ गते बहुविवाह सम्बन्धि मुद्दामा उहाँलाई एक वर्ष कैद र रु दश हजार जरिवाना हुने गरी फैसला सुनाएको थियो । तीमध्ये ११ महिना १९ दिन कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही विगत चार वर्षदेखि फरार रहेका श्रेष्ठलाई पक्राउ गरी जिल्ला अदालत समक्ष पेश गरिएको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले बताउनुभयो । 

त्यसैगरी लागुऔषध मुद्दाका फरार अभियुक्त बन्दिपुर–१ नहालाका किना परियारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँले विसं ०७७ वैशाख २ गते लागुऔषध सम्बन्धि मुद्दामा उहाँलाई ६ महिना कैद तथा रु तीन हजार जरिवाना हुने फैसला गरेको थियो । तीमध्ये चार महिना १९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेकी उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार विभिन्न मुद्दाका फरार अभियुक्तमध्ये २५ जना आइतबार पक्राउ परेका छन् । उनीहरुलाई तोकिएको जरिवाना र कैद भुक्तानका लागि जिल्ला अदालत समक्ष उपस्थित गराइएको छ । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू