Previous Version
Thursday, Oct 29, 2020  |  बिहीवार, १३ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै नेकाँ बैठक शुक्रबार अस्पताल चहार्दाचहार्दै मर्नु नपरोस्ः लिङ्देन असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण सकिने नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह मिति २०७७ साल कार्तिक १३ गते बिहिबार, अक्टोबर २९ तारीख हेरौं राशिफल थप एक हजार ९५४ जनामा कोरोना सङ्क्रमण पुष्टि तातोपानी नाका पुनःसञ्चालन २० जनाले लिए वैवाहिक अङ्गीकृत नागरिकता उत्तरगया धाममा तटबन्ध निर्माण नेकपा केन्द्रीय कमिटी बैठक स्थगित आयुर्वेदिक सेवामा आकर्षण वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण दोषीलाई कारबाहीको मागसहित नेकपाद्वारा धर्ना सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अगाडि बढ्छ : मन्त्री भट्ट

‘कोभिड १९’ बाट विश्वमा सङ्क्रमितको संख्या तीन करोड सात लाख नाघ्यो

आईतवार, ४ असोज २०७७, सगरमाथा पोष्ट.
रासस÷एएफपी: विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड सात लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ५६ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड २३ लाख ४१ हजार ५७८ व्यक्ति कोरोना मुक्त भएका छन् । कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ६९, २५,९४१ भन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख ३ हजार १७१ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ । दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो । मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या ५३ लाख नाघेको छ । ब्राजिलमा १,३५,८५७ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८५,६२५ जनाको मृत्यु भएको छ । रुस १०,९१,१८६ सङ्क्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पेरुमा ७,५६,४१२ व्यक्ति सङ्क्रमित छन्। विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा सङ्क्रमण देखिएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू