Previous Version
Tuesday, Oct 27, 2020  |  मंगलवार, ११ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
राष्ट्रपतिबाट टीका ग्रहण पुजारीको हत्या मिति २०७७ साल कार्तिक १० गते सोमबार, बिजया दशमी अक्टोबर २६ तारीख हेरौं राशिफल सभापति देउवाद्वारा घर—डेरामै सीमित रहेर पर्व मनाउन आग्रह परिवारजनमा सीमित भएर पर्व मनाउन सभामुखको आग्रह दशैँको मुख्य दिन विजयादशमीः उत्तम साइत १०ः१९ बजे जो जहाँ जहाँ छाँैं, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ : प्रम दुई हजार ८५६ जनामा सङ्क्रमण पुष्टि नयाँ सैनिक अधिकृतको मूल निशानसमक्ष हुने शपथ स्थगित सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपतिको आग्रह बागलुङमै किबी र जडीबुटीको बिरुवा उत्पादन कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुनेः गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग प्रशासनको आग्रह बेवास्ता गर्दै क्रसर उद्योग पुनःसञ्चालन

कोरोना सङ्क्रमित मिर्गाैलापीडित युवकको मृत्यु

बुद्धबार, ३१ भाद्र २०७७, सगरमाथा पोष्ट.
खडक नगरपालिका–३ का ३५ वर्षीय मिर्गौलापीडित एक पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । कोरोना सङ्क्रमित भएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएका पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले बताउनुभयो । एक वर्षदेखि मिर्गौला रोगबाट पीडित युवकले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा नियमित डायलासिस सेवा लिइरहेका थिए । हप्तामा दुईपटक नियमित डायलासिस गरिरहेका युवकमा उच्च रक्तचापको पनि समस्या रहेको चिकित्सकले बताएका छन् । मिगौलापीडितसहित छ जनाको सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएका ३५ वर्षीय पुरुषको अवस्था गम्भीर बन्दै गएपछि मङ्गलबार राजविराजस्थित अस्पतालबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा रणजीतकुमार झाले जानकारी दिनुभयो । युवकको बिहान मृत्यु भएसँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । तीमध्ये एक महिला छिन् । पुरुषको शव धरानमा रहेको छ । खडक नगरपालिकाको एम्बुलेन्सले धरानबाट शव ल्याएपछि नेपाली सेनाले व्यवस्थापन गर्ने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू