Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

गाई काटेर मासु भाग लगाँउदै गरेको अवस्थामा एक पक्राउ, ९ फरार, नुवाकोटमा गाई काटेर खाने घटना बढयो

सोमबार, २२ भाद्र २०७७, सगरमाथा पोष्ट.
काठमाण्डौं । भाद्र २२ । नेपालको कानुन अनुसार राष्ट्रिय जनावर गाई र हिन्दु नेपालीहरुले गौ माताको नामले पुज्दै आएको गाईलाई काटेर खानु गैर कानुनी हो । तर नुवाकोटका दुई साता यता गौहत्या अभियोगमा ५ पक्राउ भएका छन् भने ९ फरार रहेका छन् । 
यसै क्रममा नुवाकोटको तादी गाउँपालिका–३ मा गाई काटेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको अभियोग लागेका नौ जना फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख तुलबहादुर कार्कीका अनुसार तादी–३ को टुटुङमा गाई काटेको सूचनाको आधारमा पुगेको प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा तादी–१ उर्लेनीका ३० वर्षका सुरेशजंग लामालाई पक्राउ गरेको हो । अन्य नौ जना फरार भएकाले खोजी भइरहेको छ ।
उनीहरुले गाई काटेर मासु भाग लगाउने तयारी गरिरहेको समयमा प्रहरी घटनास्थलमा पुगेको थियो । पाल्नका लागि भनेर खरिद गरेर ल्याएको गाई बाटोमै काटेको प्रहरीले जनाएको छ । गाई काट्न प्रयोग भएको घरेलु हतियार घटनास्थलबाट प्रहरीले बरामद गरेको छ । पक्राउ परेकालाई फौजदारी संहिता, २०७४ को परिच्छेद २७ मा उल्लेख भएबमोजिम र ‘पशुपक्षी सम्बन्धी कसूर’ अनुसार कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।
यता, भाद्र ३ गते गौहत्याको अभियोगमा नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका–५बाट चार जनालाई पक्राउ गरेको थियो । काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको अभियोगमा चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू