Previous Version
Tuesday, Oct 20, 2020  |  मंगलवार, ४ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
लक्षित वर्गलाई मात्र कोभिड–१९ को निःशुल्क उपचार नेपाल र चीनबीचको सहकार्यले आर्थिक विकासमा रुपान्तरण गर्नेछ : राष्ट्रपति नेप्सेमा दोहोरो अङ्कको वृद्धि सघन कक्षमा शय्या खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित सरकारलाई मानव अधिकार आयोगको आग्रह चाडपर्व स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह वाग्मती प्रदेशको चाडपर्व लक्षित सुरक्षा योजना दशैंँमा बैंक नखुल्ने बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते महँगो भएपछि च्याङ्ग्राको व्यापार ह्रास आफ्नै काकाको हत्या गरी फरार अभियुक्त पक्राउ नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै चाडबाडमा कोरोनाको जोखिम बढ्न सक्नेतर्फ सचेत हुन गृहको निर्देशन प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी प्रम र मन्त्रीको दशैंँखर्च कोरोना उपचार कोषमा जम्मा गरिने

'होम आइसोलेसन'मै फुटबलर एरिक विष्ट कोरोना मुक्त

बिहीवार, १८ भाद्र २०७७, सगरमाथा पोष्ट.
काठमाडौं : फुटबल खेलाडी एरिक विष्ट कोरोनाबाट मुक्त भएका छन्। नेपालमा हुने भनेको विश्वकप छनोटको खेलका लागि राष्ट्रिय टोलीका ३४ खेलाडीको साउन अन्तिम साता कोरोना परीक्षणका क्रममा उनमा पोजेटिभ देखिएको थियो। ३३ खेलाडीको कोरोना रिर्पोट नेगेटिभ आउँदा विष्टको रिपोर्ट पोजेटिभ देखिएपछि उनको थियो। १९ दिन लामो आइसोलेसन बसाई पछि गरिएको कोरोना परीक्षणपछि अहिले एरिक कोरोना मुक्त भएका हुन्।  सरकारले निषेधाज्ञा जारी गर्नु अघि नै नेपालमा हुने कतार विश्वकप छनोटको दोस्रो लिगका लागि फुटबलको अभ्यास सुरु गर्ने तयारी गरेको थियो।  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेअनसार सुरक्षाका मापदण्ड अपनाउँदै खेलाडीहरुलाई अभ्यासमा फर्काउन अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी गरेको थियो।  तर समुदायस्तरमा कोरोनाको संक्रमण फैलिएसँगै प्रशासनले निषेधाज्ञा गरेपछि अभ्यास स्थगित भएको थियो। अभ्यास अगाडि गरिएको पीसीआर परीक्षणमा ३४ जना खेलाडीमध्ये एरिकलाई कोरोना पोजेटिभ देखिएको थियो।  अभ्यासपूर्व गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपनि कुनै लक्षण भने नदेखिएको उनले बताए। १९ दिनपछि अहिले उनी कोरोना मुक्त भएका छन्।  घरायसी बसाइलाई नै आइसोलेसन बनाएका एरिकले कोरोनालाई जितेका छन्। बुधबार टेकु अस्पतालले कोरोना पुनः परीक्षणको रिपोर्ट नेगेटिभ आएको खबर गरेको उनले बताए।  यस अवधिमा सबैतिर कोरोना भएको भन्दै आफन्त र साथीभाइले सोध्दा आफू खिन्‍न भए पनि मनोबल उच्च राख्न इन्टरनेटको सहायता लिएको उनले बताए। उच्च मनोबलकै कारण कोरोनालाई जित्न सफल भएको उनको अनुभव छ। विष्टले कोरोना सामान्य फ्लू भएको र यसबाट बच्नका लागि सामाजिक दूरीलाई कायम राख्नु पर्ने सुझाव दिएका छन्।  मानिसमा पोजेटिभ देखिनेवित्तिकै डराउनु नपर्ने उनको भनाई छ। यसअघि स्क्वासका एक प्रशिक्षकमा पनि कोरोना पोजेटिभ देखिएको थियो। हाल उनी अहिले निको भइसकेका छन्। 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू