Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

बिहीवार, २२ फागुन २०७६, सगरमाथा पोष्ट.
काठमाडौं, २२ फागुन मकवानपुर,  सप्तरी, सर्लाही, महोत्तरी र गोरखाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । 
मकवानपुर, गढी गाउँपालिका(२ गैरी भन्ज्याङस्थित सडकमा ना।३ ख ३५५६ नम्बर बसको ब्रेक फेल भई बुधबार बेलुका दुर्घटना हुँदा बसमा सवार गढी गाउँपालिका(७ सुकौरा बस्ने ३५ वर्षीय सोम बहादुर रुम्बा लगायत ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुर्घटनामा घाइते भएका सोही गाउँपालिका सुकौरा बस्ने २४ वर्षीय सुरज लोको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य १९ जनाको चुरे हिल अस्पताल हेटौंडामा र ३ जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका अन्य २६ जना समान्य उपचार पश्चात डिष्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
सप्तरी, राजगढ गाउँपालिका(५ मलेखपुरस्थित सडकमा ज।१ क ६०२ नम्बरको जेसिबीको ठक्करबाट भारत बंगाल घर भएका ईरसाद अलिको अन्दाजी २ वर्षीया अलमिनिया खातुनको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि सगरमाथा अञ्चल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
यसैगरी सप्तरी, बोदेबर्साईन नगरपालिका(१० खडकपुरस्थित सडकमा स।१० प ७९१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका(९ स्वर्णपट्टी बस्ने ३८ वर्षीय बालेश्वर साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 
सर्लाही, कौडेना गाउँपालिका(२ चिरानमिलस्थित सडकमा बीआर ३० भी ०३७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार कौडेना गाउँपालिका(२ बस्ने ७३ वर्षीया जानकी देबी लोहारको मृत्यु भएको  छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकल हुँदै थप उपचारका लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
महोत्तरी, बर्दिवास नगरपालिका(५ कालापानीस्थित सडकमा बा।४४ प ६२२४ नम्बरको मोटरसाइकललाई स।१ च १८०९ नम्बरको गाडीले बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुली कमलामाई नगरपालिका(७ बस्ने ४६ वर्षीय दिपक खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते उनको जनसेवा अस्पताल बर्दीबास हुँदै थप उपचारका लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 
गोरखा, आरुघाट गाउँपालिका(१ धोर्चेस्थित सडकमा ग।१ ज ५०५ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेर  बुधबार राति दुर्घटना हुँदा जिपमा सवार लमजुङ बस्ने २५ वर्षीय किरण रिमालको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जिप चालक गोरखा धार्चे गाउँपालिका(२ बस्ने ३१ वर्षीय बाल चन्द्र गुरुङ सहित ७ जनालाई उपचारका लागि फेस नेपाल सामुदायिक स्वास्थ्य क्लिनिक धुन्चेत गोरखा पठाइएको छ ।  
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू