Previous Version
Thursday, Feb 25, 2021  |  बिहीवार, १३ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
देवघाट क्षेत्र विकास समितिका अध्यक्षद्वारा पदभार ग्रहण विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन पाँच वर्षअघि उपभोग मिति समाप्त दाल बिक्री आज मिति २०७७ साल फागुन १३ गते विहिबार, फेवररी २५, तपाँईको आजको दिन कस्तो हुनेछ ? फैसलाले मुलुकलाई सङ्कटबाट जोगायो : वरिष्ठ नेता पौडेल दृढताका साथ समृद्धिको यात्रामा अघि बढ्नेछु : प्रधानमन्त्री ॐ अस्पतालको मेडिकल डाइरेक्टरमा डा. हरिश जोशी नियुक्त नेपाल किराँत राई संघ केन्द्रीय समितिको तदर्थ समिति गठन, सभापतिमा धर्मराज राई महासंघ प्रतिनिधी मण्डल र श्रम मन्त्री बीच भेटवार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पार्नुभयो । ‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, कुनैपनि नयाँ प्रकारको शासन गर्ने वैद्यता नै छैन्’ ‘संवैधानिक नियुक्तीहरु सबै खारेज हुन्छन्’ खोप लगाउने सङ्ख्या लक्ष्यभन्दा आधा कम सुदूरपश्चिम प्रदेश : सरकार गठनको तीन वर्ष सभा छाडेर काठमाडौँ फर्कनुभयो अध्यक्षद्वय

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै अग्रिम टिकट बुकिङ खुला नहुँदा यात्रु रित्तो हात फर्के

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भदौ ३१ गते असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो

शुक्रबार, ५ असोज २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, ५ असोज 

नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन शुक्रबार बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ । 

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी साधनको शुक्रबारदेखि टिकट बुकिङ खुला गर्ने भनेका कारण नयाँ बसपार्कमा टिकट लिन आएका यात्रु अग्रिम टिकट बुकिङ खुला नहुँदा रित्तो हात फर्कनुपरेको हो । 

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख मोहनविक्रम केसीले एकबिहानै टिकट लिन नयाँ बसपार्क आएका यात्रु टिकट नपाएपछि फर्किनुपरेको जानकारी दिए । “टिकट लिन आएका १०-१५ यात्रु अहिलेसम्म फर्किसकेका छन्”, उनले भने । 

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भदौ ३१ गते असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो । सोहीअनुसार शुक्रबारदेखि खुल्नुपर्नेमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेका हुन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले चाडवाडको मुखमा आएर १० दिनको बीचमा दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि व्यवसायी तथा यात्रु मारमा परेको भन्दै मूल्यवृद्धि फिर्ता नभएसम्मका लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको जानकारी दिए । 

महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले असोज २ गते नै विज्ञप्ति जारी गरी ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नलिए अग्रिम बुकिङ खुला नगर्ने घोषणा गरेका थिए । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू