Previous Version
Thursday, Feb 25, 2021  |  बिहीवार, १३ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन पाँच वर्षअघि उपभोग मिति समाप्त दाल बिक्री आज मिति २०७७ साल फागुन १३ गते विहिबार, फेवररी २५, तपाँईको आजको दिन कस्तो हुनेछ ? फैसलाले मुलुकलाई सङ्कटबाट जोगायो : वरिष्ठ नेता पौडेल दृढताका साथ समृद्धिको यात्रामा अघि बढ्नेछु : प्रधानमन्त्री ॐ अस्पतालको मेडिकल डाइरेक्टरमा डा. हरिश जोशी नियुक्त नेपाल किराँत राई संघ केन्द्रीय समितिको तदर्थ समिति गठन, सभापतिमा धर्मराज राई महासंघ प्रतिनिधी मण्डल र श्रम मन्त्री बीच भेटवार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पार्नुभयो । ‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, कुनैपनि नयाँ प्रकारको शासन गर्ने वैद्यता नै छैन्’ ‘संवैधानिक नियुक्तीहरु सबै खारेज हुन्छन्’ खोप लगाउने सङ्ख्या लक्ष्यभन्दा आधा कम सुदूरपश्चिम प्रदेश : सरकार गठनको तीन वर्ष सभा छाडेर काठमाडौँ फर्कनुभयो अध्यक्षद्वय नेता गौतमद्वारा सचिवालय बैठक बोलाउन माग जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार : प्रधानमन्त्री

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिता आयोजना गर्दै

विद्यार्थीले पठाएका चित्रमध्ये निर्णायकबाट २० वटा छनोट गरेर ‘अनलाइन भोटिङ’ का लागि असोज १८ देखि २४ गतेसम्म राखिने

बुद्धबार, ३ असोज २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, ३ असोज

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ । 

प्रतियोगितामा भाग लिन चाहने कक्षा ८ सम्मका विद्यार्थीले अन्तरिक्षको भाव झल्कने चित्र बनाई सोसाइटीको वेबसाइटमा राखिएको आवेदन फाराम भरेर पठाउनुपर्ने छ । चित्र यही असोज १ गतेदेखि १५ सम्म सोसाइटीको वेबसाइटमा पठाइसक्नुपर्ने अध्यक्ष सुरेश भट्टराईले बताए । 

विद्यार्थीले पठाएका चित्रमध्ये निर्णायकबाट २० वटा छनोट गरेर ‘अनलाइन भोटिङ’ का लागि असोज १८ देखि २४ गतेसम्म राखिने छ । एउटा विद्यालयका जति पनि विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउनेछन् । विद्यार्थीको चित्रका साथ विद्यालयका प्रधानाध्यापकको सिफारिश संलग्न हुनुपर्नेछ । 

विजेताको घोषणा अन्तर्राष्ट्रिय विज्ञान दिवसको अवसरमा कात्तिक २४ (नोभेम्बर १०) मा गरिने सोसाइटीले जनाएको छ । पाँचौँ राष्ट्रिय विज्ञान दिवस २०७४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको सोसाइटीका अध्यक्ष भट्टराईले जानकारी दिए । कार्यक्रममा प्रथम हुने विद्यार्थीलाई एक थान टेलिस्कोप तथा प्रमाणपत्र दिइन्छ । 

प्रतियोगिता विसं २०७४ देखि शुरु गरिएको हो । अन्तरिक्ष चित्रकला प्रतियोगिता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीबीच गराइने प्रतिस्पर्धा हो । गत वर्ष पोखरास्थित गण्डकी आवासीय माध्यमिक विद्यालयमा कक्षा ६ का सुकृत सुवेदी प्रथम भएका थिए ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू