Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

नेपलका लागी अर्को अवसर !

आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि पारसको कप्तानीमा १८ सदस्यीय टोली छनोट

मलेशियामा हुने छनोट प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपालको समूहमा चीन, म्यानमार, थाइल्याण्ड, भूटान, सिङ्गापुर र मलेशिया

बुद्धबार, ३ असोज २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, ३ असोज :

यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा आज १८ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । 

नेपालले पहिलो खेल असोज १७ गते म्यानमारसँग खेल्नेछ । दोस्रो खेल २० गते मलेशियासँग, २१ गते थाइल्याण्डसँग, २४ गते चीनसँग र २६ गते सिङ्गापुरसँग खेल्नेछ । 

प्रतियोगिताका लागि १४ नियमित तथा चार वैकल्पिक खेलाडी गरी १८ सदस्यीय टोली घोषणा गरिएको नेपाली टोलीका टोली व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । 

कप्तान खड्का, आइसिसीका प्रतिनिधि अनिमूल इस्लाम र मुख्य प्रशिक्षक जगत टमाटा संलग्न छनोट समितिले १८ सदस्यीय टोली छनोट गरको हो । टोलीको उपकप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ । 

फाइल फोटो 

नेपाली टोलीमा अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, दीपेश श्रेष्ठ, करन केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहम्मद आरिफ शेख, प्रदीप ऐरी, सागर पुन, सन्दीप लामिछाने, सहाब आलम, शरद भेषवाकर, सोमपाल कामी र सुनिल धमला रहेका छन् । 

मलेशियामा हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । नेपालको समूहमा चीन, म्यानमार, थाइल्याण्ड, भूटान, सिङ्गापुर र मलेशिया रहेका छन् । 

नेपालले पहिलो खेल असोज १७ गते म्यानमारसँग खेल्नेछ । दोस्रो खेल २० गते मलेशियासँग, २१ गते थाइल्याण्डसँग, २४ गते चीनसँग र २६ गते सिङ्गापुरसँग खेल्नेछ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू