Previous Version
Tuesday, Mar 02, 2021  |  मंगलवार, १८ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा रावल मङ्गलबार १० अर्बको विकास ऋणपत्र बोलकबोल हुने पेट्रोलियम पदार्थको मूल्य बढ्यो राप्रपा महाधिवेशन प्रतिनिधिको निर्वाचन वैशाख १० भित्रै सुल्झाइँदै दुई जिल्लाको सिमा विवाद आज मिति २०७७ साल फागुन १८ गते मंगलबार, मार्च २, तपाँईको आजको दिन कस्तो हुनेछ ? पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्नेमा जोड ऋषि धमलासँग प्रचण्डले बोलेको अभिव्यक्ति विवादमा, ६ पार्टी तथा संघ÷संस्थाद्धारा क्लबमा पत्रकार सम्मेलनको आयोजना राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते प्रधानमन्त्री ओली पोखरामा उद्धार हुन सकेन घाइते पत्रकारको विसं २०७८ मा तीन दशैँ पहेँलो धातुको मूूल्यमा ४०० वृद्धि प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

सबै उमेर समूहका मानिसलाई हुनसक्ने ‘युरिन इन्फेक्सन’बाट यसरी बचौँ

पुरुषमा पिसाब थैलीबाट पिसाब फर्केर माथि जान्छ, पिसाब राम्ररी निखरेको छैन वा पिसाब नली साँघुरो छ भने पनि सङ्क्रमण हुन सक्छ

शुक्रबार, २९ भाद्र २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, २९ भदौ 

के तपाईँलाई शरीर चिलाउँछ, योनी पोल्ने र पिसाब फेर्दा दुख्ने समस्या छ । यदि छ भने तपाईंलाई पिसाब सङ्क्रमण भएको हुन सक्छ । यस्तो समस्या भएमा हेलचक्ताइँ नगरी चिकित्सक कहाँ उपचारका लागि जानु आवश्यक छ ।

पिसाब सङ्क्रमण मिर्गौलाबाट पिसाबको थैली हुँदै पिसाबको नलीबाट बाहिर निस्कदै जुनसुकै ठाउँमा किटाणुले हुने सङ्क्रमण हो । शिक्षण अस्पताल महाराजगञ्जका युरोलोजिष्ट प्रा डा उत्तम शर्मा यौन अङ्गको सरसफाइ वा शरीरको कुनै भागमा भएको सङ्क्रमण रगतको नलीबाट त्यहाँ पुगेर पनि पिसाब सङ्क्रमण हुने बताउँछन् ।

पिसाब आउने बाटो मिर्गौला, पिसाबको थैली, पिसाबको नली पिसाब आउने बाटोमा कुनै पनि समस्या भयो वा अवरोध भएमा पिसाब जमेर सङ्क्रमण हुने उनको भनाइ छ । विभिन्न अवरोधका कारण पिसाब सजिलै बाहिर जान पाएन भने सङ्क्रमण हुन्छ ।

पिसाब सङ्क्रमण सबै उमेर समूहका मानिसलाई हुनसक्ने चिकित्सकहरु बताउँछन् । पुरुषमा पिसाब थैलीबाट पिसाब फर्केर माथि जान्छ, पिसाब राम्ररी निखरेको छैन वा पिसाब नली साँघुरो छ भने पनि सङ्क्रमण हुन सक्छ ।

डा शर्माले भने, ‘वृद्ध पुरुषहरुमा हुने प्रोस्टेट ग्रन्थीको कारणले पिसाब नलीलाई साँघुरो बनाउदै लैजाँदा पिसाब सङ्क्रमण हुने धेरै सम्भावना रहन्छ ।’ तुलनात्मक रुपमा हेर्ने हो भने पुरुषलाई भन्दा महिलालाई पिसाबको सङ्क्रमण बढी हुने गर्छ ।

महिलाहरुको पिसाब नली सानो हुन्छ भने पुरुषको नली लामो हुने भएकाले बाहिरी सङ्क्रमण पुरुषलाई कम हुने चिकित्सकको भनाइ छ । स्त्रीरोग विशेषज्ञ डा अचला वैद्यले पिसाब नली, महिनावारी हुने नली र दिसा गर्ने नली सँगसँगै हुने भएकाले बाहिरी सङ्क्रमण छिटो हुने सम्भावना रहने बताए ।

फोहोर चर्पी प्रयोग गर्दा, भित्री कपडा, महिनावारीमा प्रयोग कपडा पनि सफा नभएमा पिसाबसम्बन्धी सङ्क्रमण हुने चिकित्सकको भनाइ छ । पर्याप्त पानी पिउने, योनी सफा राख्ने, पिसाबलाई धेरै समय नरोक्ने, चिलाउने, पोल्ने समस्या भएमा चिकित्सकलाई देखाउने गर्नुपर्छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू