Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

कास्की जिल्लाको भरतपोखरीस्थित प्रसिद्ध मल्लकालीन मन्दिर नयाँ स्वरुपमा बन्दै

मन्दिर संरक्षण समितिले छरिएरका गुठी जग्गाको खोजी, संरक्षणका साथै शक्ति स्वरुप पुजिँदै आइएका ऐतिहासिक हातहतियारलगायतका सामानको खोजी शुरु

बिहीवार, २८ भाद्र २०७५, सगरमाथा पोष्ट

पोखरा, २८ भदौ

कास्की जिल्लाको दक्षिण भेग भरतपोखरीस्थित प्रसिद्ध मल्लकालीन मन्दिर नयाँ स्वरुपमा बन्ने भएको छ । 

मन्दिर निर्माणको पहल स्थानीयरुपमा भइरहेका बेला २०७२ को भूकम्पले मन्दिरमा थप क्षति पुर्याएपछि भित्री संरचना एवम् मौलिकता कायमै राख्ने गरी नयाँ स्वरुपमा बनाउने सोच अघि बढेको थियो । लगभग रु ३० लाखको लागतमा प्यागोडा शैलीको तीनतले मन्दिर निर्माण गर्ने लक्ष्य राखिएको कोटभैरव मन्दिर संरक्षण एवम् व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिए । 

उनका अनुसार मन्दिरका लागि यसै आवमा पोखरा महानगरपालिका–३३ कार्यालयबाट रु १२ लाख छुट्याइएको छ । मन्दिर निर्माणमा सर्वसाधारणको समेत चासो बढिरहेको बताउँदै उनले इच्छुक महानुभावको सहयोगबाट मन्दिरलाई नयाँ स्वरुप दिइने जानकारी दिए । महानगरपालिका–३३ मा धार्मिक पर्यटकीय तीर्थस्थल मध्येको महत्वपूर्ण गन्तव्य कोटभैरव भएको पोखरा महानगरपालिका–३३ का अध्यक्ष शिवप्रसाद आचार्यले बताए । 

मन्दिर संरक्षण समितिले छरिएरका गुठी जग्गाको खोजी, संरक्षणका साथै शक्ति स्वरुप पुजिँदै आइएका ऐतिहासिक हातहतियारलगायतका सामानको खोजी शुरु गरेको छ । बरकोटका काला जटाभैरवका रुपमा प्राचीनकालदेखि पूजाआजा हुँदै आएको कोटभैरव मन्दिर र नजिकैको हुडिकोटबाट माछापुच्छ«े, अन्नपूर्ण, धवलागिरिलगायतका हिमशृङ्खलाका आँखाले एकसाथ देख्न सकिन्छ । 

हरेक वर्षको आश्विन शुक्ल पक्ष (बडा दशैँ) र चैत्र शुक्ल पक्ष (चैते दशैँ)का अवसरमा विशेष पूजाआजा हुने यस मन्दिरबाट साउने सङ्क्रान्तिमा सामूहिक लुतो फाल्ने प्रचलन छ । मनोकामना सिद्ध हुने विश्वासका साथ कास्की, स्याङ्जा, तनहँुलगायतका विभिन्न स्थानबाट भाकलसहित यहाँ सर्वसाधारण पूजाआजा गर्न आउँछन् । उक्त क्षेत्रमा जान पोखराको विरौटा हुँदै दोभिल्ला, भाटीको चौतारा, गैरागाउँ, बर पाण्डेथुम, बर माझथर हुँदै मन्दिर जाने मुख्य चोक मनियलडाँडासम्म पोखरा महानगरको बस सेवा नियमित सञ्चालनमा छ । 

पोखराको पृथ्वीचोकबाट विजयपुर, पावरहाउस, भञ्ज्याङ, धारपानी हुँदै मनियलडाँडासम्म स्थानीय यातायात बस व्यवसायी समितिले पनि नियमित बस सेवा सञ्चालन गरेको छ । मनियलडाँडासम्म पुग्ने दुवै बाटो पूरै कालोपत्र भएको र बस बिसौनीबाट लगभग १० मिनेटको पैदल यात्राबाट मन्दिर पुग्न सकिन्छ । 

बाटोको सुगमतासाथै ऐतिहासिक महत्वको कोटभैरव मन्दिरलाई नयाँ स्वरुपमा निर्माण गरिएसँगै मन्दिर र आसपासका क्षेत्रको अवलोकन एवम् दृश्यावलोकनका लागि आउने धार्मिक पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको छ ।  


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू