Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

प्रधानमन्त्री ओलीद्वारा तीजको शुभकामना, पर्वको मौलिकता नबिर्सन आग्रह

तीज पर्वलाई समयानुसार परिस्कृत गरे पनि यसको मौलिकतालाई कायम राख्नुपर्ने प्रधानमन्त्री ओलीको उल्लेख

बुद्धबार, २७ भाद्र २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, २७ भदौ  

प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । 

प्रधानमन्त्री ओलीले बुधबार शुभकामना सन्देश दिनुहुँदै तीज पर्वले सम्पूर्ण महिलालाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा मिलोस् भने । नेपालजस्तो बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुजातीय देशमा मनाइने विभिन्न चाडपर्वले आम नेपालीलाई एक सूत्रमा बाँध्न सहयोग गर्ने प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ । 

तीज पर्वलाई समयानुसार परिस्कृत गरे पनि यसको मौलिकतालाई कायम राख्नुपर्ने प्रधानमन्त्री ओलीले उल्लेख गरे । “तीज पर्वको मौलिकतालाई बिर्सेर यसलाई भड्किलो र खर्चिलो बनाउनेतिर लाग्नु हुँदैन”, प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “यस पर्वले कहीँ न कहीँ महिला स्वतन्त्रताको इतिहास बोकेको छ । यसलाई त्यसै रुपमा जोगाएर लैजानु पर्दछ ।” 


तीजलाई मितव्ययी बनाउन नेता पौडेलको आग्रह

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली महिलाको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् । 

आज बिहान शुभकामना सन्देश दिँदै नेता पौडेलले बहुभाषा, जाति, संस्कृति, चाडपर्व र परम्परा रहेको नेपालमा यसप्रकारका पर्वले आपसमा मित्रता, सहिष्णुता, सामाजिक एकता, सदभाव कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउनुका साथै सामाजिक रुपान्तरण, मुलुकको परिर्वतन र विकासका लागि हातेमालो गरेर अघि बढ्न समेत प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । 

नेपाली नारीले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर भगवान् शिव–पार्वतीको पूजा आराधना गर्ने सन्दर्भ उल्लेख गर्दै उनले यस प्रकारको पर्वलाई मितव्ययी बनाएर उल्लासपूर्वक मनाउनुपर्ने शुभकामना सन्देशमा उल्लेख गरेका छन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू