Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

स्तरोन्नतिको कामले भोजपुरमा उडान सेवा अवरुद्ध, अझै २ हप्तासम्म उडान नहुने !

जिल्लामा रहेको एक मात्र टक्सार विमानस्थलमा गत साउन १९ गतेबाट उडान बन्द

आईतवार, २४ भाद्र २०७५, सगरमाथा पोष्ट

भोजपुर, २४ भदौ 

एक महिना अघिदेखि जिल्लामा हवाइ सेवा सञ्चालन हुन सकेको छैन । जिल्लामा रहेको एक मात्र टक्सार विमानस्थलमा गत साउन १९ गतेबाट उडान बन्द भएको हो ।

लामो समयदेखि उडान नहुँदा जिल्ला अस्पतालमा उपचार हुन नसकी अन्यत्र सिफारिस गरिएका बिरामीलाई लैजान समस्या परेको छ भने आकस्मिक कामका तत्काल राजधानी पुग्न र वृद्धवृद्धा तथा असक्तलाई पनि ओहोर–दोहोर गर्न समस्या हुँदै आएको छ ।

भोजपुर जिल्ला अस्पतालले मासिक १२ बिरामी अन्यत्र पठाउने गरेको जानकारी दिँदै चिकित्सक शिवजी रिजालले भने, ‘उडान बन्द हुँदा अन्यत्र पठाइनुपर्ने बिरामीलाई निकै समस्या छ, बाटोको अवस्था पनि राम्रो छैन । लामो समयदेखि उडान हुन नसस्दा कतिपय बिरामीले महँगो मूल्य तिरेर हेलिकप्टर चार्टर गर्न बाध्य भएका छन् भने आर्थिक अवस्था कमजोर भएकाले भने अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ ।’

जिल्लामा उडान भर्दैै आएको ट्वीनओटर बिमान मर्मत भइरहेकाले उडान सेवा बन्द गरिएको नेपाल वायु सेवा निगम भोजपुर शाखाले जनाएको छ । निगमको केन्द्रीय कार्यालयले जहाज मर्मत भइरहेकाले अझै करिब दुई हप्तासम्म जिल्लामा उडान नहुने जानकारी दिएको विमानस्थलका ट्राफिक कन्ट्रोलर विजय श्रेष्ठले जानकारी दिए ।

निगमले यसअघि आइतबार र सोमबार बाहेक भोजपुर–काठमाण्डु पाँच पटक र विराटनगर–भोजपुर हप्तामा एक पटक उडान भर्दै आएको थियो ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू