Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

बाबुको मुख हेर्ने अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा सफाइ

भदौ २४ गते दिनभर माइकिङ गर्दै दर्शनार्थीलाई वाग्मतीमा फोहर नगर्न अनुरोध गरिने

शुक्रबार, २२ भाद्र २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, २२ भदौ

बाबुको मुख हेर्ने दिन यही भदौ २४ गते गोकर्णेश्वर महादेव मन्दिर परिसरलाई सफा बनाउने उद्देश्यले शनिबार मुहानबाट वाग्मती सफाइ अभियान गरिने भएको छ । 

पितृ तीर्थस्थलका रुपमा परिचित गोकर्णेश्वरमा प्रत्येक वर्षको भाद्र कृष्ण औँसीका दिन मेला लाग्ने गर्छ । उक्त दिन गोकर्णेश्वरमा स्नान, तर्पणसहित श्राद्ध गरेमा २१ पुस्तासम्मका पितृ तर्छन् भन्ने धार्मिक विश्वास छ । 

गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठको सक्रियतामा यहाँ सफाइ अभियान गर्न लागिएको हो । भदौ २३ देखि २५ गतेसम्म मन्दिर परिसरमा सफाइ गरिने वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए । 

भदौ २४ गते दिनभर माइकिङ गर्दै दर्शनार्थीलाई वाग्मतीमा फोहर नगर्न अनुरोध गरिने छ । औँसीका दिन छरपस्ट फोहर व्यवस्थापन गरिनेछ । औँसीको भोलिपल्ट २५ गते बिहान मन्दिर परिसरमा जम्मा हुने फोहर सफाइ गरी कुहिनेलाई नदी किनारमै खाडल खनेर पुरिदिने र नकुहिनेलाई व्यवस्थापन गरिने जनाइएको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू