Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

डुबेर ३ बालकको मृत्यु, बाढीपीडितको दैनिकी कष्टकर बन्दै

सप्तकोशी नदीको बाढीले प्रभावित हनुमाननगर कङ्कालनी नगरपालिकाका ६०० घरपरिवारको दैनिकी कष्टकर बन्दै गएको छ

सोमबार, १८ भाद्र २०७५, सगरमाथा पोष्ट

राजविराज, १८ भदौ 

सप्तरीको राजगढ गाउँपालिका– ३ स्थित पोखरीमा डुबेर आइतबार साँझ एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय बैजनाथ यादवको १० वर्षीय छोरा त्रिभुवन यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

सोही ठाउँमा रहेको पोखरीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

बाढीपीडितको दैनिकी कष्टकर बन्दै 

सप्तकोशी नदीको बाढीले प्रभावित हनुमाननगर कङ्कालनी नगरपालिकाका ६०० घरपरिवारको दैनिकी कष्टकर बन्दै गएको छ । 

कोशी नदीको बाढीले हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाठी गाउँपालिकाका घरमा पाँच दिनदेखि बाढी यथावत् रहेकाले दैनिक जनजीवन कष्टकर बनेको बाढीपीडितले गुनासो गरेका छन् । 

बस्ती नजिकैको विद्यालय डुबानमा परेपछि बाढीपीडित नजिकैको कृषि सेड तथा सडकमा त्रिपालमुनि बस्नुपर्ने बाध्यता रहेको बाढीपीडित रामकुमार सदाले बताए । घरमा रहेको खाद्यान्नसमेत नष्ट भएकाले भुजा र च्युराबाहेक अरु खानेकुरा नपाएको पीडितले गुनासो गरेका छन् । 

बाढीले चामलसमेत डुबाएकाले खानेपानीको समस्या रहेको उनीहरुले गुनासो गरे । पाइलट च्यानलमार्फत् भारतले नदीको धार परिवर्तन गराएपछि पाँच दिन अगाडि सप्तकोशी नदीमा आएको बाढीले सप्तरीका मानवबस्तीमा बाढी पसेको थियो । 

कोशी नदीमा आएको बाढीले हनुमाननगर कङ्कालिनी नगरपालिका– ६ का ५४० परिवार प्रभावित भएका छन् । प्रभावित परिवारमध्ये करीब २०० परिवार कोशी नदीको पश्चिमी बाँधमा अस्थायी शिविर बनाएर बसेका छन् । कोशीको पानी घरमा पसेपछि स्थानीय बासिन्दा पाँच दिनदेखि घरमा खानासमेत पकाउन सकिरहेका छैनन् । 

सुत्ने कोठा, भान्छा कोठा र शौचालय समेतमा पानी पसेपछि उनीहरु सुरक्षित स्थानका लागि अग्लो ठाउँमा बस्न बाध्य रहेको स्थानीय बासिन्दा चन्दन यादव बताए । 

बस्तीमा पानी छिरेपछि हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ की तीन दिनकी सुत्केरी आफ्नै घरमा बाढीले घेरिएपछि कष्टकर र जोखिमपूर्ण जीवन बिताउन बाध्य भएका छन् । फुसको घर चारैतिर बाढीको पानीले घेरिएपछि २३ वर्षीया सहनाज खातुनको बिजोग भएको यादवले जानकारी दिए । 

सुरक्षित स्थानको अभाव र घरमा दुई फिटसम्म पानी जमेपछि उनलाई नवजात शिशुसँगै कोठामा खाट राखी हालसम्म सुरक्षित राख्ने प्रयास गरिएको छ । 
तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडी र वडा नं ५ को बर्साइनमा पनि ३० परिवारको घर डुबानमा परेको छ । 

बाढी प्रभावित वडामा रहेको चर्पी तथा खानेपानी ट्युबवेल पानीमा डुबेकाले त्यहाँका बासिन्दा खुला ठाउँमा दिसा बस्ने गरेका कारण फोहर बढ्दै गएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले बताए । बीस वर्षपछि सप्तकोशीको बाढी यस बस्तीमा पसेको स्थानीय बासिन्दाको भनाइ छ । 

डुबेर दुई बालकको मृत्यु

मोरङको कानेपोखरी गाउँपालिकामा आइतबार खोलाले बगाएर र पोखरीको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । 

कानेपोखरी गाउँपालिका–७ स्थित चिसाङ खोलाले बगाएर सोही ठाउँका श्याम दर्जीका छ वर्षीय छोरा रेशम दर्जीको मृत्यु भएको हो । 

बिहान घरबाट हराएका दर्जीको खोजी गर्ने क्रममा बेलुका खोलाको बीचमा अड्किएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगार्इंले जानकारी दिए । 

त्यस्तै कानेपोखरी गाउँपालिका–३ मा आफ्नै घरको माछा पोखरीमा डुबेर विशाल राईको दुई वर्षीय छोरा अभि राईको मुत्यु भएको प्रहरीले जनाएको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू