काठमाडौं, भदौ १६ ।
चौंथो बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र भारत प्रस्थान गरकै दिन यही आइपुगेका भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले हिन्दुहरुका भगवान शिवको दर्शन गरेका छन् । अकस्मात नेपाल आइपुगेका गान्धी शनिबार बिहानै पशुपति दर्शन गर्न पुगेका हुन् । शुक्रबारमात्रै काठमाडौं ओर्लिएका राहुल शनिबार बिहान पशुपति पुगेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणकै क्रममा रहेका बेला गान्धी काठमाडौं आइपुगेका थिए । उनि शुक्रबार दिउँसो इन्डिगो एअरलाइन्सको नियमित उडानबाट २ बजे मानसरोबर जाने क्रममा सुटुक्क काठमाडौंमा उत्रिएका हुन् ।
किन आए गान्धी काठमाडौ ?
भारतको राजनीतिमा अहिले मोदीको निरन्तर तीर्थ यात्राको विषय समेत चर्चाको विषय बन्न थालेको छ । विशेषगरी हिन्दु धर्मका विभिन्न मुद्दालाई आफ्नो केन्द्रमा राखेको संघ परिवारबाट संरक्षित भारतीय जनता पार्टीलाई त्यहाँका विपक्षीले समेत नजिकबाट नियालीरहेको बताइन्छ । त्यसैको काउन्टरका रुपमा प्रम मोदीकै शैलीमा अध्यक्ष गान्धीले पनि तीर्थयात्रा गर्न थालेका दाबी गरिएको छ ।
हिन्दुहरुको ठूलो भोटको समर्थनमा सत्ता चलाएको भाजपालाई माथ गर्ने शुत्रकारुपमा विपक्षीले आफ्ना अध्यक्षलाई तीर्थयात्रामा हिडाएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । साथै, यसो गर्नाले आगामी चुनावमा गान्धीलाई थप हिन्दुहरुको समर्थन मिल्ने समेत विश्लेषण गरिन्छ ।
त्यसैको शिलशिलामा नै तिब्बतको कैलाश मानसरोबरको यात्रामा जानका लागि उनी काठमाडौं आएका हुन् । गान्धी शनिबार नै तिब्बत जाने कार्यक्रम यसअघि नै तय भैसकेको छ । अध्यक्ष गान्धी गएराति लाजिम्पाटस्थित होटल र्याडिसनमा बसेका थिए ।
गान्धीको भ्रमण तालिकामा अकस्मात परिवर्तन
नेपाली सुरक्षा निकायहरूले शनिबार बिहानसम्म राहुल यति एयरलाइन्सबाट नेपालगञ्ज हुँदै मानसरोवर जाने जाने सूचना पाएका थिए । किनभने, त्यही एयरलाइन्सको टिकट सूचीमा उनको नाम थियो ।
त्यसै अनुसार नेपालगञ्जमका पनि उनको सुरक्षा प्रबन्ध मिलाइएको थियो । तर, शनिबार बिहान अकस्मात उनले आफ्नो योजना परिवर्तन गरे र, ल्हासा हुँदै मानसरोवर जाने योजना बनाए ।