Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

सप्तकोशी नदीमा आएको बाढीबाट सप्तरीको ५ सय घर डुबानमा, उद्धार भैसकेको जानकारी

सोमबार साँझ सप्तकोशीको पानीको बहाव प्रतिसेकेन्ड एक लाख ८० हजार क्यूसेक रहेको थियो

मंगलवार, १२ भाद्र २०७५, सगरमाथा पोष्ट

राजविराज, १२ भदौ 

गए राति सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको झण्डै पाँच सय घर डुबानमा परेको छ । 

कोशी नदीको किनारमा रहेको हनुमाननगर कंकालनी नगरपालिकाको जोगिनियाँदेखि रम्पुरा मलहनियाँ र तिलाठी कोइलाडी गाउँपालिकाका–३ र ४ का अधिकांश बस्ती डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक चन्द्रसागर केरुङले जानकारी दिए । अहिले उनीहरुको उद्धार गरी भारदह–कुनोली सडक खण्डमा बसाइएको छ । 

बाढीले झण्डै तीन सय बिघामा लगाइएको धान खेती डुबाएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बताए । कोशी बाँधभन्दा तल रहेको नगरपालिका कार्यालय पूर्व, पश्चिम र दक्षिणमा रहेका बस्ती डुबानमा परेका छन् । बाढीले हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालय र लिलजा ठाकुर प्राथमिक विद्यालयसमेत डुबानमा परेको छ । सोमबार साँझ सप्तकोशीको पानीको बहाव प्रतिसेकेन्ड एक लाख ८० हजार क्यूसेक रहेको थियो ।

बाढी प्रभावित परिवारको सामान नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले सुरक्षित स्थानमा लैजान थालेका छन् । हनुमानगर कंकालनी नगरपालिकाले बाढीपीडितलाई त्रिपाल वितरण गर्न थालेको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू