Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

गोसाइँकुण्ड मेलाका लागि भक्तजनहरूको ओइरो, कपिलवस्तु देखि ताप्लेजुङसम्मका तीर्थयात्री

बेत्रावतीदेखि गोसाइँकुण्डसम्म यात्रुको सुरक्षाका लागि प्रवन्ध मिलाइएकाले निर्धक्कसाथ यात्रा गर्न प्रमुख जिल्ला अधिकारीको यात्रुलाई आग्रह

शुक्रबार, ८ भाद्र २०७५, सगरमाथा पोष्ट

रसुवा, ८ भदौ :

यही भदौ १० गते लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेलाका लागि भक्तजनको ओइरो लाग्न थालेको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार उक्त मेला भर्न बिहीबार साँझसम्म दुई हजारभन्दा बढी भक्तजनको आगमन भइसकेको छ । 

भाद्रशुक्ल पुत्रदा एकादशीदेखि जनैपूर्णिमासम्म लाग्ने यो मेलामा पूर्णिमाको दिन सबै देवी दवता गोसाइँकुण्डमा स्थान गर्ने विश्वासका साथ त्यस दिन दिन कुण्डमा पूजाआजा गर्नाले सम्पूर्ण देवीदेवताको दर्शन पाइने धार्मिक मान्यता रहिआएको छ ।

एक पटक पुग्नैपर्ने तीर्थस्थलका रूपमा गोसाइँकुण्डमा स्नान र पूजाआजा गर्दा मनले चिताएको पूरा हुने धार्मिक विश्वासका साथ भक्तजन प्राय जनैपूर्णिमाका बेला आयोजना हुने गोसाइँकुण्डमा मेला भर्न जाने गरेका हुन् । 

अहिले उक्त मेलामा कपिलवस्तुदेखि ताप्लेजुङसम्मका भक्तजन आएका जानकारी दिँदै जिल्ला ट्राफिक प्रहरी कार्यालयले भक्तजन आउनेक्रम बढिरहेको जनाएको छ । यस वर्षको मेलामा १५ हजार भक्तजनले गोसाइँकुण्डको स्नान गर्ने अपेक्षा गरिएकोे गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । 

समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विष भगवान् शङ्करले पिएर घाँटीमा पु¥याएपछि भएको छटपटी शान्त पार्न निलाद्री पर्वतमा पुगेर त्रिशूल बजारी निकाल्नुभएको पवित्र जलले पानीको प्यास मेट्नुका साथै त्यही जलले बनेको कुण्डमा विराजमान रहनुभएकाले प्राणी जगतलाई बचाउन भगवान् शिवको संझनामा दर्शनार्थी वर्षेनी गङ्गादशरामा १० दिन र भाद्र शुल्क पूर्णिमा अर्थात् जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन हजारौँ भक्तजन उक्त कुण्डमा स्नान तथा गर्न जाने गर्छन् । 

भाद्रशुक्ल पुत्रदा एकादशीदेखि जनैपूर्णिमासम्म लाग्ने यो मेलामा पूर्णिमाको दिन सबै देवी दवता गोसाइँकुण्डमा स्थान गर्ने विश्वासका साथ त्यस दिन दिन कुण्डमा पूजाआजा गर्नाले सम्पूर्ण देवीदेवताको दर्शन पाइने धार्मिक मान्यता रहिआएको छ । 

कुण्डमा स्नान गर्न जाने भक्तजनका लागि बास र भोजनको व्यवस्था गर्न स्थानीय व्यवसायी र उपचारका लागि हिमालय उद्धार सङ्घ, सक्षम नेपाल, अक्सफोर्ड युनिभर्सिटी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल रेडक्रस सोसाइटी रसुवा शाखा र लाङलाङ राष्ट्रिय निकुञ्जका कालिजङ्ग गणका चिकित्सक खटेका गोसाइँ क्षेत्र विकास समितिले जनाएको छ । 

तीर्थयात्रीको सहयोगका लागि स्वयंसेवक परिचालन गरिएको रेडक्रसका सभापति बाबुलाल तामाङले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बेत्रावतीदेखि गोसाइँकुण्डसम्म यात्रुको सुरक्षाका लागि प्रवन्ध मिलाइएकाले निर्धक्कसाथ यात्रा गर्न यात्रुलाई आग्रह गरेका छन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू