Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

गाईघाटदेखि फोक्सिङटार सडकखण्ड डेढ महिनादेखि पहिरोका कारण अवरुद्ध

सडक अवरोधले पहाडी क्षेत्रका जनता दुई तीन दिन पैदल हिँडेर सदरमुकाम आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ

बिहीवार, २४ श्रावन २०७५, सगरमाथा पोष्ट

गाईघाट, उदयपुर, २४ साउन 

सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको गाईघाटदेखि फोक्सिङटार सडकखण्ड डेढ महिनादेखि पहिरोका कारण अवरुद्ध भएको छ । यसले उदयपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने सम्पूर्ण यातायात अवरुद्ध भएको छ । 

गाईघाट दिक्तेल सडकखण्डको साउने र छामलिङमा सडक माथिबाट निरन्तर पहिरो झरेर सडक अवरुद्ध भएपछि उदयपुरको उत्तरी पहाडी क्षेत्रका बिरामीसमेत एम्बुलेन्समा उपचारको लागि अन्यत्र लैजान समस्या भएको बलाम्ताका राजकुमार राईले बताए । 

सदरमुकाम गाईघाटदेखि पहाडी क्षेत्रको जाँते, बलाम्ता, रसुवा, ताम्लिछा, आपटार क्षेत्र र सुनकोशी पारी खोटाङका बिरामीलाई समस्या परेको छ । सडक अवरोधले पहाडी क्षेत्रका जनता दुई तीन दिन पैदल हिँडेर सदरमुकाम आवतजावत गर्नुपर्ने बाध्यता रहेको आपटारका दलबहादुर कटुवालले बताए । 

गाईघाट दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेका प्रमुख इञ्जिनीयर हरि पोखरेलका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न प्रयास भइरहेपनि पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन गएको डोजरनै फसेको बताए । 

अर्को स्काभेटर पुनः पठाएर सडक अवरुद्ध हटाउन प्रयास गरेको र त्यो पनि पहिरोमा फसेको पोखरेलले बताए । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू