Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

रसियामा चम्कियो क्रोएशिया !

इंग्ल्यान्डलाई पराजित गर्दै क्रोएशिया पहिलोपटक विश्वकप फुटबलको फाइनलमा

सेमिफाइनलमा इंग्ल्यान्ड २–१ गोलले पराजित, उपाधिका लागि क्रोएसियाले आगामी आईतबार हुने फाइनलमा पूर्व विश्वविजेता फ्रान्ससँग भिड्ने

बिहीवार, २८ आषाढ २०७५, सगरमाथा पोष्ट

काठमाडौं, असार २८ । 

विगत १ महिनादेखि रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि भएको भीडन्तमा क्रोएसियाले पूर्वविश्वकप बिजेता इंग्ल्यान्डलाई हराउँदै इतिहास रचेको छ ।  विश्वकपको फाइनलमा पहिलोपटक प्रवेश गरेको क्रोएशियाले बुधबार रातिको सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

खेलको सुरूआतको पाँचौ मिनेटमै क्रोएसियाले गोल खानुपरेको थियो । इंग्ल्यान्डका किएरन ट्रिपिएरले खेल सुरू भएको ५ मिनेटमै फ्रि–किकमार्फत सुन्दर गोल प्रहार गर्दै टोलीलाई अग्रता दिलाएका थिए । क्रोएसियाका लागि भने इभान पेरिसिकले ६८ औँ मिनेटमा गोल फर्काउँदै बराबरी गरेका थिए ।

यसअघि सन् १९९८ मा भएको विश्वकपको सेमिफाइनलसम्म पुगेको क्रोएसिया यसपटक पहिलोचोटी फाइनल प्रवेश गर्दै इतिहास रचेको हो ।  निर्धारित ९० मिनेटको समयमा खेल बराबरीमै टुंगिएपछि अतिरिक्त समय थपिएको थियो ।

९० मिनेटको समयसम्म दुवै टिम एक–एक गोलको बराबरीमा रहेका थिए । त्यसपछि ३० मिनेट अतिरिक्त थपिएको समयमा इंग्ल्यान्डले कुनै गोल हान्न सकेन भने खेलको १०९ मिनेटमा मारियो मान्डुकिचले गरेको गोल क्रोएसियाका लागि निर्णायक बन्यो र फाइनलमा स्थान पक्का गरायो । 

त्यसअघि, खेलको सुरूआतको पाँचौ मिनेटमै क्रोएसियाले गोल खानुपरेको थियो । इंग्ल्यान्डका किएरन ट्रिपिएरले खेल सुरू भएको ५ मिनेटमै फ्रि–किकमार्फत सुन्दर गोल प्रहार गर्दै टोलीलाई अग्रता दिलाएका थिए । क्रोएसियाका लागि भने इभान पेरिसिकले ६८ औँ मिनेटमा गोल फर्काउँदै बराबरी गरेका थिए ।

पहिलोपटक फाइनलसम्मको यात्रा तय गरेको क्रोएसिया अब आईतबार हुने फाइनल खेलमा विश्वकपको उपाधिका लागि पुर्व विजेता फ्रान्ससँग भिड्नेछ । फ्रान्स सन् १९९८ को विश्वविजेता टोली हो ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू